बेपत्ता
गुवा जानेक्रममा त्रिवेणी २ का धर्मे कामी बेपत्ता, खोजि गरिदिन परिवारको आग्रह

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ विमैचाका ५३ वर्षिय धर्मे कामी बेपत्ता हुनुभएको छ । उहाँ गुवा जानेक्रमा भारतको भोपाल भन्ने स्थानबाट मंगलबार विहान बेपत्ता हुनुभएको हो । बेपत्ता कामी उहाँका भिनाजुसँगै छोरीलाई भेट्न भनेर गुवा जान लाग्नुभएको थियो । आइतबार भारतको नयाँदिल्लीबाट गुवा जाने भनेर रेलमा हिड्ेका कामी र उहाँका भिनाजु विहान २ बजेसम्म रेलमा सँगै रहेको र निदाएर ब्यूउँझेर हेर्दा ३ बजे कामी सँगै नभएपछि बुवा सँगै भएका फवाजुले आफुहरुलाई जानकारी बनाएको उहाँको छोरा दिपक कामीले जानकारी दिनुभयो ।
बुवा बेपत्ता भएको खवर पाएपछि आफन्त, प्रहरी लगायतलाई खोजिकार्य गरिदिन आग्रह गरिएको दिपकले जानकारी दिनुभयो । बेपत्ता कामी सामान्य मानसिक समस्या भएको समेत बताएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२ १७:४२
प्रतिक्रिया दिनुहोस्