आठबिसकोट १३ र १४ का २ गाउँ पहिरोको जोखिममा

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका दुई गाउँ पहिरोको जोखिममा परेका छन् । अविरल वर्षासँगै आएको पहिरोले आठबिसकोट नगरपालिका–१३ र १४ का दुई बस्ती जोखिममा परेका हुन् ।
वडा नम्बर १३ को कालो पहिरोका कारण गाउँबारी टोल जोखिममा परेको हो । उक्त गाउँका ३५ परिवार जोखिममा रहेको बताइएको छ । त्यस्तै वडा नम्बर १४ को गाउँबारी टोली पनि पहिरोको जोखिममा परेको छ ।
उक्त गाउँका अतिराम मल्ल, रत्नाकुमारी मल्ल, अबिर मल्ल र गोर्खे महतारा सहित अस्थायी टहरा भत्किएका छन् । पहिरोका कारण स्थानीय जोखिममा परेका छन् ।
स्थानीयवासीले तत्काल पहिरो नियन्त्रणका लागि पहल गर्न र राहतको माग गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२ १६:१०
प्रतिक्रिया दिनुहोस्