Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पुर्वमा भिरबाट लडेर एक वृद्धको मृत्यु
फाइल फाेटाे ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा एक जना वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । वडा नम्बर ४ काँडाका ६६ वर्षीया प्रेमबहादुर बुढाको मृत्यु भएको हो । वडाको रोटी भन्ने ठाउँमा घाँस काट्ने क्रममा भिरबाट लडेर  मृत्यु भएको ४ नम्बर वडा अध्यक्ष दलराज घर्तीले जानकारी दिनुभयो ।

उनको बुधबार साँझ लडेर मृत्यु भएको भए पनि परिवारले भने बिहीबार साँझ मात्र थाहा पाएका थिए । मृतक बुढा गाउँभन्दा माथी लेकमा एक्लै बाख्रा गोठालो गएका थिए । त्यसकारण पनि उनको बारेमा परिवारलाई ढिला थाहा भएको अध्यक्ष घर्तीले बताउनुभयो । परिवारले फोन गर्दा फोन नउठे पछि खोजतास गरिएको थियो । घर परिवार र स्थानीयले खोजी गर्दा गयराति मृत अवस्थामा फेला पारेका थिए । बुढाकाे लडेर मृत्यु भएको हुनसक्ने वडा अध्यक्ष घर्तीले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update