Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट १ मा ४५ दिने बाँसका सामग्री निर्माण सम्बन्धी तालिम सुरु 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १ मा ४५ दिने बाँसका सामाग्री तथा हस्तकला निर्माण सम्बन्धी तालिम सुरु भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको आयोजनामा तालिम सुरु भएको हो । तालिममा वडाका दश जनाको सहभागिता रहेको छ ।

वडा कार्यालयको छनोटमा आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न र दलित परिवारका सदस्यलाई तालिममा सहभागी बनाएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । तालिम वडा कार्यालयको सभा हलमा सञ्चालन भइरहेको छ । तालिममा नौ जना महिला र एक जना पुरुष सहभागी छन् । तालिमको प्रशिक्षकमा त्रिवेणी गाउँपालिकाका कमल विक रहनुभएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update