रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ मा रहेको समृद्ध गाउँ विकास युवा समूह बादरपानीले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । औपचारिक रूपमा संस्था स्थापना गर्दै सोही अवसरमा युवा समूहले वडामा रहेका ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । समुदायमा युवाको सक्रिय सहभागिता, सामाजिक उत्तरदायित्व र आपसी सहयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले समृद्ध गाउँ विकास युवा समूह स्थापना गरिएको समूहले जनाएको छ ।
औपचारिक उद्घाटनको अवसरमा २८ जना महिला र १० जना पुरुष गरी ३८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको समूहका अध्यक्ष नदीराम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुषलाई ढाकाको टोपी, महिलालाई न्यानो सल प्रदान गरेर सम्मानसहित समृद्ध गाउँ विकास युवा समूह औपचारिक रूपमा स्थापना गरिएको हो । समृद्ध युवा समूहले शिक्षा, सामाजिक सेवा, सहकार्य र विकासका क्षेत्रमा निरन्तर काम गर्ने उहाँको भनाई छ । उद्घाटन कार्यक्रममा स्थानीय अगुवा, बुद्धिजीवी, युवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।





-1759842583.jpg)