Kakhara सबैको खबर सम्पूर्ण खबर
पाेखरामा आयाेजित भलिबल बाँफिकाेट २ ले जित्याे

रुकुम पूर्वका सिस्ने गाउँपालिका वडा नम्बर ३ पोखरामा आयोजित भलिबल प्रतियोगिता रुकुम पश्चिमको बाँफिकोट २ पिपलले जितेको छ। आज भएको फाइनलमा थवाङ गाउँपालिका वडा नम्बर २ रोल्पा लाई पराजित गर्दै बाँफिकोट २ पीपलले प्रतियोगिता जितेको हो । बाँफिकोट २ ले ३-१ को सेटमा थबाङलाई पराजित गरेको थियो। पहिलो र दोस्रो सेट २५-२३ विरुद्धमा आफ्नो पक्षमा परेको पीपलले तेस्रो सेट २५-२३ को स्थितिमा गुमाएको थियो ।

त्यस पछिको चौथो सेट फराकिलो २५-१७ मा आफ्नो पक्षमा पार्दै पुरुष भलिबल प्रतियोगिता जितेको हो। प्रथम भएको पीपलले नगद एक लाख ५० हजारको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो भएको थवाङ रोल्पाले नगद नगद एक रुपैयाँको साथमा कप मेडल प्रमाण पत्र पाएको माघी मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।

त्यस्तै तेस्रो भएको बाँफिकोट ७ ले नगद ६० हजार रुपैयाँ साथमा कप मेडल र प्रमाण पत्र पाउँदा सान्त्वना भएको आयोजक नगद ४० हजार रुपैयाँ साथमा मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ। सबै पुरस्कार राशिमा २५ प्रतिशत कर कट्टी गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र खड्काले जानकारी दिनुभयो ।

माघी मेला व्यवस्थापन समितिले प्रथम आयोजना गरेको प्रथम पोखरा कप २०८२ मा रुकुम पूर्व, पश्चिम र रोल्पा २२ टिमले प्रतिस्पर्धा गरेका थिए। यस्तै ६ टिमले प्रतिस्पर्धा गरेको पुरुष रस्साकस्सीमा बाँफिकोट २ पीपल प्रथम भएको छ। उसले नगद दुई हजार पाँच सय रुपैयाँको साथमा प्रमाण पत्र पाएको छ ।

यस्तै दोस्रो भएको सिस्ने ३ पाँगा नगद एक हजार पाँच सय र तेस्रो भएको सिस्ने ५ ले नगद एक हजार रुपैयाँको साथमा प्रमाण पत्र पाएको छ। यस्तै मेलामा स्लो मोटरसाइकल रेस प्रतियोगिता पनि भएको थियो । उक्त प्रतियोगितामा निर्धारित १५ मिटर दूरी २० सेकेन्डमा पार गर्दै सिस्ने ५ का विजय शाही प्रथम हुनुभएको छ । 

उहाँले पुरस्कार स्वरूप नगद एक हजार रुपैयाँको साथमा प्रमाण पत्र पाउनुभएको छ। यस अघि नै मेला समापन भइसकेको थियो भने खेल प्रतियोगिता को आज एक कार्यक्रमका बिच समापन गरिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update