Kakhara सबैको खबर सम्पूर्ण खबर
खेल्ने क्रममा रूखले च्यापिएर बालकको मृत्यु

रुकुम पश्चिममा रूखले च्यापिएर एक बालकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ हाइबाङ स्थित झुलनेटा देखि खुम्चेरी जोड्ने निर्माणाधीन नयाँ भित्री सडक खण्डमा काटेर राखिएको रूखमा खेल्ने क्रममा च्यापिएर ८ वर्षीय मनोज ओलीको मृत्यु भएको हो । 

रा १ क १०१७ नम्बरको एक्स्काभेटरले रुख ढालेर सडकको साईडमा राखेको रुखमा खेल्ने क्रममा रुख पल्टिन गई लोकबहादुर ओलीको छोरा ८ वर्षीय मनोजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । 

च्यापिएर गम्भीर घाइते भएका मनोजलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको थियो । एक्स्काभेटर चालकलाई प्रहरी चौकी  झुलनेटाको नियन्त्रणमा रहेकाे प्रहरी निरीक्षक पुनले बताउनुभयो । 

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update