सानीभेरी ११ का कृपाराम माघ २३ गतेदेखि सम्पर्क विहीन
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ११ का एक व्यक्ति सम्पर्क विहीन भएका छन् । वडाको काँडाका ४६ वर्षीय कृपाराम खड्का माघ २३ गते देखि बेपत्ता हुनुभएको हो । उहाँ घरबाट निस्किएको र त्यसपछि सम्पर्कमा नरहेको परिवारजनले जनाएका छन् ।
सबैतिर खोजी गर्दा पनि फेला पार्न नसकिएको परिवारका सदस्यले जानकारी दिएका छन् । उहाँलाई कहीँ कतै देखेमा नजिकैको प्रहरी चौकी वा मोबाइल नम्बर ९७६५३७००५८ मा फोन गरेर सहयोग गर्न कृपारामका परिवारजनले अनुरोध गरेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२ १७:४०
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)