रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा युवाहरूले स्वतन्त्र रूपमा मोटरसाइकल र्याली निकालेका छन् । निर्वाचनको मुखैमा युवाहरूले स्वतः स्फूर्त रूपमा र्याली निकालेका हुन् ।
योग्य उम्मेदवारलाई विजयी गराउन साङ्केतिक रूपमा अपिल गर्ने उद्देश्यले युवाहरूले स्वतः स्फूर्त रूपमा र्याली निकालेको र्यालीमा सहभागी मध्ये एक प्रकाश पुनले जानकारी दिनुभयो ।
‘हामीले कसैलाई समर्थन वा कसैको विरोध गर्न र्याली निकालेका होइनौँ, जिल्लाका लागि योग्य र केही गर्न सक्ने उम्मेदवारलाई विजयी गराउनुपर्छ, यसका लागि भोट परिवर्तनको आवश्यकता छ, दबाबमा नपर्नुहोस् भन्ने सन्देश फैलाउन स्वतः स्फुर्त रूपमा र्याली निकालेका हौँ,’ उहाँले भन्नुभयो ।
मुसिकोट नगरपालिका ५ शेरिगाउँबाट सुरु भएको र्याली मुसिकोट ७ को साँख पुगेर फिर्ता भई शेरिगाउँ, बागबजार, खलङ्गा, मठ हुँदै सल्ले पुगेर पुनः खलङ्गाको बराहटाकुरासम्म र त्यहाँबाट शेरिगाउँ पिलनेटासम्म र्याली निकालिएको उहाँले बताउनुभयो ।
र्यालीमा सहभागी युवाहरूले निर्वाचन सम्बन्धी विभिन्न प्ले कार्डहरू पनि बोकेका थिए ।





-1759842583.jpg)