रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ११ का एक व्यक्ति मृत फेला परेका छन् । गत माघ २३ गते देखि बेपत्ता भएका सानीभेरी ११ काँडाका ४६ वर्षीय कृपाराम खड्का आज सोही वडाको दयालेकमा झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो ।
आज बिहान घाँस काट्न गएका स्थानीयले काफलको रुखमा झुन्डिएको अवस्थामा फेला पारेको परिवारजनले बताएका छन् । उहाँ ओछ्याउने तन्नाले झुन्डिएको अवस्थामा फेला परेको बताइएको छ । खड्काको शरीर गलेको अवस्थामा रहेको छ ।
घटनाका बारेमा प्रहरीलाई जानकारी गराइएको छ भने इलाका प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ आइरहेको स्थानीयले बताएका छन् । माघ २२ गते उहाँ घरबाट निस्किएको र त्यसपछि सम्पर्कमा नरहेपछि खोजी सुरु गरिएको थियो । तर कतै फोला पार्न सकिएको थिएन । शरीरको अवस्था हेर्दा खड्का घरबाट निस्किएकै दिन वा त्यसको भोली पल्ट नै झुन्डिएको हुनसक्ने अनुमान गरिएको छ ।





-1759842583.jpg)