रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ भाग्लेस्थित सानीभेरी नदीमा बेपत्ता भएकी एक किशोरी अझै फेला पर्न सकेकि छैनिन् । गत सोमबार छिमेकीको विवाहमा जाने भनेर निस्केका तीन किशोरी मध्य दुई किशोरीको शव मंगलबार विहान फेला परेको थियो । गरायलागोठकी १४ वर्षिया उर्मिला ओली र १२ वर्षिया कल्पना ओली भाग्लेस्थित सानीभेरी नदी किनारामा ५ सय मिटरको दुरीमा मृत अवस्थामा फेला परेका थिए । उनीहरु एकै घरका दुई दिदिबहिनी हुन् ।
बेपत्ता सोही स्थानकी १३ वर्षिया सपना ओली भने अझै बेपत्ता रहेको र खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । बेपत्ता सपनाको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा खोजिकार्य गर्दा पनि भेटाउन नसकिएको उहाँको भनाई छ । अस्थायी प्रहरी चौकी छिनखेतको प्रहरी टोलीले भने खोजिकार्य जारी राखेको पुनले बताउनुभयो ।
उर्मिला र कल्पनाको जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम गरी अन्त्येष्टी समेत गरिएको छ । पोष्टमार्टम रिपोर्टमा कुनै संकाशपद नरहेको र सामान्य रहेको चिकित्सकले जानकारी बनाएको प्रहरीले बताएको छ । पोष्टमार्टम रिपोर्टमा सामान्य देखिएपनि थप पुष्टीको लागि दुई किशोरीको रगत र भेजिनल श्वाव परीक्षणका लागि काठमाडौं पठाइने प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । त्यसपश्चात घटनाको बारेमा थप स्पस्ट हुने उहाँले बताउनुभयो ।
अहिलेसम्म घटनामा कसैको संलग्नता नदेखिएको र अनुसन्धान भने भइरहेको जिल्ला प्रहरी कार्यालय रुकम पश्चिमले जनाएको छ । स्थानीयले भने घटना संकाशपद भएको भन्दै निश्पक्ष छानविन हुनुपर्ने र बेपत्ता सपनाको खोजिकार्यमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग राखेका छन् । बेपत्ता भएको एक हप्ता पुग्न लाग्दापनि सबन्धित निकायले खोजिकार्यमा चासो नदेखाएकाे भन्दै स्थानीयले गुनासो गरेका छन् ।





-1759842583.jpg)