Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी दुर्घटना: घाइतेको उद्धारका लागि हेलिकप्टर माग 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ६ मा भएको जिप दुर्घटनाका घाइतेको उद्धारका लागि हेलिकप्टर माग गरिएको छ । सानीभेरी गाउँपालिकाले घाइतेको उद्धारका लागि हेलिकप्टर माग गर्न जिल्ला प्रशासन कार्यालयमा पत्र लेखेको छ । सोही अनुसार घाइतेको उद्धारका लागि गृह मन्त्रालयमा पत्र पठाइसकेको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिनुभयो ।

घाइतेहरूको हेलिकप्टर मार्फत उद्धार गर्नुपर्ने अवस्था रहेको भन्दै गाउँपालिकाबाट माग भई आए अनुसार मन्त्रालयमा हेलिकप्टर माग गरी पत्र पठाइसकेको उहाँले बताउनुभयो । सानीभेरी देखि सुर्खेतसम्मको हेलिकप्टर उद्धारको खर्च गाउँपालिकाले व्यहोर्ने गरी तुरुन्तै हेलिकप्टर उपलब्ध गराउन पहल गरिदिन जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको थियो ।

सानीभेरी गाउँपालिका वडा नम्बर ६ को कोटगाउँबाट सानीभेरीकै सिम्ली तर्फ आइरहेको लु १ च ६०२९ नम्बरको जिप देउताखोलामा दुर्घटना हुँदा चालक सहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । भने ९ जना घाइते भएका छन् । जसमा ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

1000230575-1789272889.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update