Kakhara सबैको खबर सम्पूर्ण खबर
बालविवाह, किशोरावस्थाको गर्भधारण तथा बिद्यालय छाड्ने दरमा कमी ल्याउन  दुईदिने  कार्यशाला गोष्ठी 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा बालविवाह, किशोरावस्थाको गर्भधारण तथा विद्यालय छोड्ने दरमा कमि ल्याउने विषयमा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आईपास नेपाल र रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमको साझेदारी तथा बाँफिकोट गाउँपालिकाको आयोजनामा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । कार्यशाला गोष्ठीमा बालविवाह, किशोरावस्थाको गर्भधारण तथा विद्यालय छोड्ने दरमा कमि ल्याउने विषयमा योजना निर्माण, प्रभावकारी समन्वय, स्रोत साझेदारी र सामुहिक प्रभावकारिता अभिवृद्धि  लगायतका विषयमा ठाेस निर्णय गर्न गोष्ठी आयोजना गरिएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाँफिकोट गाउँपालिकामा आइपास नेपाल र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा यौन तथा प्रजनन स्वास्थ्यमा दिगो सवलीकरण तथा जलवायु उत्थानशीलता परियोजना सुरु हुँदै छ । जस अन्तर्गत बालविवाह, किशोरावस्थाको गर्भधारण तथा विद्यालय छोड्ने दर विषयमा देखिएका समस्यालाई कसरी संयुक्त रूपमा सम्बोधन गर्न सकिन्छ भन्ने उदेश्यले कार्यशाला गोष्ठी संचालन गरिएको हो । गोष्ठीमा बालविवाह, किशोरावस्थाको गर्भधारण तथा विद्यालय छोड्ने अवस्थाबारे तथ्याङ्क, चुनौती र समाधानका उपायहरूमा  गहन छलफल गरिएको उहाँले बताउनुभयाे । गोष्ठीबाट उक्त समस्याको न्यूनिकरणका लागि रणनीतिक योजना तथा साझा कार्ययोजना समेत तयार पारिएको छ । गाेषठी पश्चात स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यमा बालविवाह र किशोरावस्थाको गर्भधारण रोकथामतर्फ ठोस कदम चालिने कार्यकारी निर्देशक ओलीले बताउनुभयो ।

दुई दिनसम्म चलेको कार्यशाला गोष्ठी कार्यक्रमको सहजीकरण आइपास नेपालबाट जीवन देवकोटा, विष्णु देवकोटा, रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक ओली र कार्यक्रम संयोजक केशर डाँगीले गर्नुभएको थियो । कार्यशाला गोष्ठीमा गाउँपालिका अध्यक्ष जनककुमार बांठा, उपाध्यक्ष तारा बुढा केसी, प्रमुख प्रशासकीय अधिकृत बिकासबिक्रम शाह, वडा अध्यक्ष, गाउँपालिकाका विषयगत शाखा प्रमुख, लगायतको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update