Kakhara सबैको खबर सम्पूर्ण खबर
वीरेन्द्र माविको विव्यस गठन प्रक्रियामा तीन दलको असहमति  

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ मा रहेको वीरेन्द्र माविको विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा तीन दलले असहमति जनाएका छन् । आज भएको विव्यस गठन प्रति नेपाली काँग्रेस, नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीले विरोध जनाएका हुन् । 

संयुक्त वक्तव्य जारी गर्दै तीन दलले विव्यस गठनको निर्णयले ध्यानाकर्षण भएको भन्दै विव्यस गठन गर्दा कानुनी प्रावधान, पारदर्शिता तथा अभिभावक, शिक्षक र समुदायको सहभागितालाई पर्याप्त रूपमा ध्यान नदिएको भन्दै तीन दलले यसमा असहमति रहेको जनाएका छन् । 

तीन दलले विव्यस गठन प्रक्रिया पारदर्शी र विधि सम्मत नभएको, अभिभावक तथा सरोकारवाला पक्षहरूसँग परामर्श तथा शिक्षा प्रतिनिधिहरू अनुपस्थित रहेकोले गठन प्रक्रिया अवैध रहेको दाबी गरेका छन् । यस प्रक्रियाले विद्यालयको सुशासन र शैक्षिक वातावरणमा नकारात्मक असर पार्ने तीन दलको वक्तव्यमा उल्लेख छ । 

आफूहरूका मागलाई बेवास्ता गरेमा कानुनी माध्यमबाट थप कदम चाल्ने तीन दलले चेतावनी दिएका छन् । साथै विद्यालयको समग्र विकास, सुशासन तथा गुणस्तरीय शिक्षाका लागि सबै पक्षका बिचमा सहकार्य आवश्यक रहेको तीन दलले उल्लेख गरेका छन् । 

नेपाली काँग्रेसका पालिका सभापति डिलबहादुर कुसारी, नेकपा एमालेका पालिका अध्यक्ष भूपलाल केसी र प्रगतिशील लोकतान्त्रिक पार्टीका पालिका संयोजक गोरख कुसारीको हस्ताक्षरमा संयुक्त वक्तव्य जारी गरिएको छ ।  

baktabya-1776007112.jpg
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update