रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० मा नसर्ने रोग सम्बन्धि स्किनिंग कार्यक्रम संचालन गरिने भएको छ । यही वैशाख २५ गते वडा कार्यालयमा नसर्ने रोग सम्बन्धि स्किनिंग कार्यक्रम संचालन हुने भएको हो । जस अन्तरर्गत उच्च रक्तचाप, मधुमेह, मृगौलाको समस्या सम्बन्धि स्क्रिनिंग र जनचेतनामुलक कार्यक्रम संचालन गरिने छ ।
स्किनिंग कार्यक्रममा ३० वर्षमाथिका उमेर समुहका व्यक्तिहले सेवा लिन पाउने वडा कार्यालयले जनाएको छ । स्किनिंग सेवा विहान १० बजेदेखि साँझ ४ बजेसम्म संचालन हुने वडा सचिव पूर्णमाानसिंह रोकायाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । वडाबासी सवैलाई वडा कार्यालयले स्किनिंग सेवा लिन आग्रह गरेको छ । स्किनिंग भनेको स्वस्थ वा लक्षण नदेखिएका मानिसहरुमा रोगको जोखिम वा प्रारम्भिक अवस्था पत्ता लगाउने परीक्षण हो । जसका कारण रोग गम्भीर हुनु अघिनै पहिचान गरी समयमै उपचार र रोकथाम गर्न सकिन्छ ।





-1759842583.jpg)