Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबिसकोट महोत्सव भाेली देखि, तयारी अन्तिम चरणमा  

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा तेस्रो आठबिसकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने भएको छ । उद्योग वाणिज्य सङ्घ आठबिसकोटको आयोजनामा भोली जेठ ६ गतेबाट १७ गतेसम्म राडीमा महोत्सव हुन लागेको हो । 

महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । मञ्च तथा स्टल निर्माण लगायतका सबै तयारी लगभग सकिएको आयोजकले जनाएको छ । 

महोत्सवमा चर्चित गायक दुर्गेश थापा, बद्री पंगेनी, कुलेन्द्र विश्वकर्मा, गायिका समीक्षा अधिकारी, सिमरन परियार, टीका सानु, गायक अर्जुन सापकोटा, प्रकाश सपुत लगायतका राष्ट्रिय तथा स्थानीय खातीप्राप्त कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । 

महोत्सवमा व्यापारिक स्टलहरू समेत रहने छन् भने नृत्य आइडल सँगै लाइभ दोहोरी, रोटे पिङ लगायतको व्यवस्था समेत रहेको महोत्सव अध्यक्ष भिक्टर शाहीले जानकारी दिनुभयो । पर्यटन प्रवर्द्धन, व्यापार तथा सांस्कृतिक उत्थानका लागि महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।

aathbiskot-mahotsab-1779189118.jpeg
 

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update