Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रदेश राष्ट्रपति रनिङ शिल्ड खेल्न रुकुम पश्चिमको टोली सुर्खेत पुग्यो 

कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भाग लिन रुकुम पश्चिमको टोली सुर्खेत पुगेको छ । खेलाडी तथा व्यवस्थापक सहितको टोली आज सुर्खेतको वीरेन्द्रनगर पुगेको हो । 

शिल्ड वीरेन्द्रनगरमा भोलीबाट सुरु हुने छ । जिल्लाबाट खेलाडी तथा व्यवस्थापक गरी १ सय ११ जनाको टोली सुर्खेत पुगेको सामाजिक विकास कार्यालय रुकुम पश्चिमका प्रशासकीय अधिकृत ध्रुवकुमार बाँठाले जानकारी दिनुभयो । 

उहाँका अनुसार करिब १ सय जना खेलाडी रहेका छन् भने अन्य व्यवस्थापक रहेका छन् । जिल्लाबाट सबै विधामा खेलाडी सहभागी हुने उहाँले बताउनुभयो । 

मुसिकोट नगरपालिका ३ को धैरेनीचौर खेलमैदानमा जेठ १ देखि ३ गतेसम्म सञ्चालन भएको १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डबाट प्रदेश स्तरीय शिल्डका लागि खेलाडी छनोट गरिएको थियो । शिल्ड जेठ १२ गते भोली देखि १४ गतेसम्म सञ्चालन हुने छ । 

प्रदेश स्तरीय शिल्डबाट छनोट भएका खेलाडी राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने छन् ।

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update