कर्णाली प्रदेश फुटबल संघको आयोजनामा सञ्चालन हुन लागेको “प्रथम मेयर कप २०८३” कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिताका लागि रुकुम पश्चिमबाट सहभागी हुने खेलाडी छनोट गरिएको छ । जिल्ला फुटबल संघ तदर्थ समितिले प्रतियोगिताको लागी सहभागी हुने खेलाडी छनोट गरेको हो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आगामी जेठ १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगिताका लागि १८ जना खेलाडी छनोट गरिएको समितिले जनाएको छ ।
जिल्ला फुटबल संघ रुकुम पश्चिम तदर्थ समितिका अध्यक्ष ध्रुव केसीका अनुसार छनोट हुने खेलाडीहरूमा अनिल थापा, सन्तोष पोखरेल, कमल बुढाथोकी, सन्तोष केसी, शीतल विक, राजेन्द्र खड्का, वसन्त विष्ट, कमल विक, मुकेश गौतम रहनुभएको छ ।
त्यस्तै प्रभात गिरी, जुन खड्का, प्रकाश कार्की, डिल्ली प्रसाद शर्मा, टाइसन बोहरा, विकास विष्ट, निराजन केसी, पुजन सुनार र रमेश बोहरालाई पनि छनोट गरिएको छ ।
त्यसै गरी रिजर्भ खेलाडीमा जेनिश सुनार, अनिल बुढाथोकी र अनिश बस्नेत छनोट गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो । टिमको प्रशिक्षकमा भागिराम बोहरा तथा व्यवस्थापकमा विष्णु रेउले रहेको जिल्ला फुटबल संघ तदर्थ समिति रुकुम पश्चिमले जनाएको छ ।







-1759842583.jpg)