Kakhara सबैको खबर सम्पूर्ण खबर
डिजिटल सेवा, सुशासन र नागरिकमैत्री प्रशासनमा त्रिवेणीको जोड
निती तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै पालिका अध्यक्ष केसी ।

रुकुम पश्चिमकाे त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन, डिजिटल सेवा प्रवाह र संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार गाउँपालिकाको १५औँ गाउँसभामा अध्यक्ष गणेश कुमार केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभाबाट पारित भएको हो । नीति तथा कार्यक्रममा गाउँपालिका र वडा कार्यालयबाट हुने सिफारिस तथा दर्ता चलानीका कामलाई डिजिटल तथा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था गरिने उल्लेख गरिएको छ।

सेवा प्रवाहलाई सहज बनाउन स्वागत कक्ष स्थापना तथा डिजिटल नागरिक वडापत्रको व्यवस्था गरिने भएको छ। त्यसैगरी सबै सरकारी कार्यालयमा अनिवार्य ई–हाजिरी प्रणाली लागू गरिने, नागरिकका गुनासा तत्काल सम्बोधन गर्न टोल फ्री हेल्पलाइन र अनलाइन गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरिने उल्लेख गरिएको छ । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि सूचना प्रविधि (IT) सम्बन्धी तालिमको व्यवस्था गरिने  निती तथा कार्यक्रमले समेटेको छ ।

गाउँपालिकाले विद्यमान जटिल कानुनी प्रावधानलाई सरल र जनमुखी बनाउने तथा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।  नीति तथा कार्यक्रमले त्रिवेणीलाई आधुनिक, पारदर्शी र नागरिकमैत्री स्थानीय सरकारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष  केसीले प्रस्तुत गरेकाे निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update