रुकुम पश्चिमकाे त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा वित्तीय अनुशासन कायम गर्दै आन्तरिक राजस्व वृद्धि गर्ने रणनीति अघि सारेको छ । १५औँ गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा करको दर नबढाई करको दायरा विस्तार गर्ने नीति अवलम्बन गरिएको छ।गाउँपालिकाले मालपोत कर, व्यवसाय कर तथा घरबहाल करलाई घरबाटै तिर्न सकिने गरी एकीकृत वित्तीय व्यवस्थापन सूचना प्रणाली लागू गर्ने गाउँपालिका अध्यक्ष गनेशकुमार केसीले प्रस्तुत गरेकाे निती ता कार्यक्रममा उल्लेख गरिएको छ ।
यसबाट करदातालाई सहजता हुनुका साथै राजस्व संकलनमा वृद्धि हुने अपेक्षा गरिएको छ। नीति तथा कार्यक्रममा चालु तथा प्रशासनिक खर्च कटौती गरी पुँजीगत खर्च बढाउने लक्ष्य लिइएको छ। साथै आन्तरिक नियन्त्रण प्रणालीलाई थप मजबुत बनाइ वित्तीय पारदर्शिता र जवाफदेहितालाई सुदृढ गरिने उल्लेख छ । गाउँपालिकाले वित्तीय अनुशासनलाई विकासको आधार मानेर उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालनमार्फत दीगो विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उल्लेख गरिएको छ ।




1686475760.jpg)


-1759842583.jpg)