रुकुम पश्चिमकाे त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा शिक्षा क्षेत्रको गुणस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राख्दै ‘एक वडा, एक नमुना विद्यालय’ अवधारणा अघि सारेको छ । १५औँ गाउँसभामा पारित नीति तथा कार्यक्रममा प्रत्येक वडामा एक नमुना विद्यालय निर्माणका लागि पहल गरिने गाउँपालिका अध्यक्ष गनेशकुमार केसीले प्रस्तुत गरेको निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँपालिकाले संघ र प्रदेश सरकारसँग समन्वय गरी ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने तथा शिक्षा उन्नयन र शिक्षक जागरण अभियान चलाउने जनाएको छ। विद्यालय र गाउँपालिकाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन शिक्षा कार्यालय, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी र जनप्रतिनिधिबीच नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने भएको छ।
त्यसैगरी पालिका स्तरमै शैक्षिक गुणस्तर परीक्षण केन्द्र स्थापना गर्ने योजना पनि कार्यक्रमले समेटेको छ। बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि बालबालिकासम्बन्धी ऐन तथा कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याइने नीति लिइएको छ । शिक्षालाई विकास र समृद्धिको आधार मान्दै त्रिवेणी गाउँपालिकाले गुणस्तरीय र व्यवहारिक शिक्षामार्फत सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ।




1686475760.jpg)


-1759842583.jpg)