Kakhara सबैको खबर सम्पूर्ण खबर
कमल दहमा डुबेका बालकको उद्धार 

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको कमल दहमा डुबेका एक बालकलाई उद्धार गरिएको  छ । दह नजिकै खेल्ने क्रममा दहमा डुबेका बालकलाई प्रहरीले उद्धार गरेको हो । आज बेलुका साढे ६ बजेको समयमा बालक दहमा डुबेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । उनको साथीले प्रहरीलाई खबर गरे पछि प्रहरीले उनलाई उद्धार गरेको थियो । उद्धार  गरेर उनलाई उपचारको लागि अस्पताल  लगिएकाे  छ ।

उनको परिचय भने खुलेको छैन । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरिक्षक लालबहादुर बिकले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update