रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको कमल दहमा डुबेर एक बालिकाको मृत्यु भएको छ । दहमा पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ९ खाराबाङ निवासी अर्पण रोका मगरकी ८ वर्षीया छोरी साहासी रोका मगरको मृत्यु भएको हो ।
बालिकाको दहमा डुबे पछि उनको साथीले प्रहरीलाई खबर गरेका थिए । सूचना पाए लगत्तै घटनास्थल गएको प्रहरीले उनलाई उद्धार गरी जिल्ला अस्पताल रुकुम पूर्वमा लिएको थियो । उपचारका क्रममा उनको जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिनुभयो ।
उनी साथी सँग पौडी खेल्न दहमा गएको बुझिएको छ । रोकाको परिवारले सिस्ने ६ मा व्यापार गरेर बसेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




1686475760.jpg)


-1759842583.jpg)