Kakhara सबैको खबर सम्पूर्ण खबर
जेन-जी आन्दोलनका दुई जनासहित ५३ जनालाई पौने दुई करोड राहत तथा क्षतिपूर्ति प्रदान
फाइल फाेटाे ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले विभिन्न घटना तथा परिस्थितिबाट प्रभावित नागरिकलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराएको छ । प्रशासनले गत आर्थिक वर्ष २०८२०८३ मा जेन-जी आन्दोलनका घाइतेसहित ५३ जनालाई राहत तथा क्षतिपूर्ति वितरण गरेको हो  । जेन-जी आन्दोलनका घाइते दुई जनासहित ५३ जनालाई कुल १ करोड ७४ लाख ८८ हजार ५८ रुपैयाँ राहत तथा क्षतिपूर्ति वितरण गरिएको  प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार द्वन्द्व प्रभावित २५ जनालाई २९ लाख १६ हजार रुपैयाँ राहत उपलब्ध गराइएको छ  । त्यस्तै, जेन-जी आन्दोलनका घाइते दुई जनालाई १ लाख ६५ हजार ४ सय रुपैयाँ राहत वितरण गरिएको छ । यसै गरी, वैदेशिक रोजगारीका क्रममा क्षति बेहोरेका तीन जनालाई १२ लाख ६ हजार ६ सय ६८ रुपैयाँ क्षतिपूर्ति र सबैभन्दा ठुलो रकम सवारी दुर्घटनाबाट प्रभावित २३ जनालाई क्षतिपूर्तिका रूपमा वितरण गरिएको छ ।

उनीहरूलाई १ करोड ३२ लाख रुपैयाँ उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो । यस्ता राहत तथा क्षतिपूर्ति कार्यक्रमले विभिन्न घटनाबाट प्रभावित नागरिकलाई राज्यबाट सहयोग पुग्दै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update