जन्मदिनको अवसरमा निःशुल्क आँखा उपचार 
                            
                            
                                                        
                                                     
                                                                        आँखा उपचार केन्द्र सल्लेबाट बुधबार निःशुल्क आँखा उपचार सेवा प्रदान गरिएको छ । बुधबार एक दिन आँखाका बिरामीलाई निःशुल्क जाँच र औषधि वितरण गरिएको हो । नेपाल नेत्र ज्योती संघ रुकुम पश्चिमका सभापति तथा आँखा उपचार केन्द्र सल्लेका व्यवस्थापन समिति अध्यक्ष शिवराम खत्रीले आफ्नो जन्मदिनको अवसरमा आँखाका बिरामीहरुलाई निःशुल्क औषधिको व्यवस्था गरिदिनुभएको हो । बुधबार दिनभरी १६ जना बिरामीले सेवा लिएको र टिकट शुल्क बाहेक अन्य पैसा तिर्नु नपरेको खत्रीले बताउनुभयो । करिब ५ हजार बराबरको औषधि निःशुल्क रुपमा वितरण गरेको उहाँको भनाई छ । यसको पैसा आफुले व्यहोरेको उहाँले बताउनुभयो । 
 
प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  ०९:१०
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                -1761806698.jpeg) 
                                                 
                                                 
                                                 
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                    