
कमलदह परिसरमा अनार र कागतीका विरुवा लगाइएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५, स्थित कमलदहमा शनिबार विहान १ सय बोट अनार र ५० बोट कागतीका विरुवा लगाइएको हो । सकारात्मक सोच र सहकार्यका लागि युवा समूहले केही सातादेखि गर्दै आएको कमलदह सरफाईका क्रममा यो हप्ता डेढ सय विरुवा लगाइएको हो ।
डिभिजन वन कार्यालयबाट अनार र कागतीका विरुवा ल्याएर कमलदह परिसरमा रोपिएको हो । जिल्ला प्रहरी कार्यालयले यसको पहल गरेको थियो । कमलदह सरसफाई तथा विरुवा रोपनमा १५ जना प्रहरी अधिकृत तथा जवानहरु खटिएका थिए । हरेक शनिबार कमलदहर सरसफाई तथा विरुवा रोपन कार्य हुँदै आएको छ ।
यो सातौं हप्ता पनि कार्यक्रम सञ्चालन भएको अभियान्ता मदन शाहले जानकारी दिनुभयो । कमलदहको सरसफाई र आकर्षक बनाउने उद्देश्यले स्वःतस्फूत रुपमा सबैलाई यो अभियानमा लाग्न अनुरोध हुन्छ र इच्छा हुनेहरु शनिबार विहान पुगेर यो कार्यक्रमा सहभागि हुने गरेका छन् ।