Kakhara सबैको खबर सम्पूर्ण खबर
आन्तरिक पर्यटन पुनरुत्थान समितिमा घर्ती
पहलसिङ घर्ती मगर ।

कर्णाली प्रदेशको आन्तरिक पर्यटन पुनरुत्थान समितिको सदस्यमा पहलसिङ घर्ती मगर मनोनित हुनु भएको छ । नेपाल पर्यटन बोर्डले कर्णाली प्रदेशमा गठन गरेको यो समितिमा रुकुम पश्चिमबाट घर्ती मनोनित हुनु भएको हो । ललितजंग महतलाई संयोजक बनाएर कर्णाली प्रदेशका १० वटै जिल्लाबाट यस समितिमा सदस्य मनोनित गरिएको हो । 

घर्तीले पछिल्लो समय पर्यटन क्षेत्रका विभिन्न आयाममा काम गर्दै आउनु भएको छ । संस्कृति तथा पर्यटन विकास केन्द्र नामक संस्थाबाट होस् या अरु संघ संस्थामा रहेर पनि घर्तीले पर्यटनका विभिन्न क्षेत्रमा काम गरिरहनुभएको छ । मंसिर २८ गतेको निर्णय अनुसार कर्णाली प्रदेशको आन्तरिक पर्यटन पुनरुत्थान समिति बनाइएको हो । समितिमा डोल्पाबाट जंगबहादुर बुढा, हुम्लाबाट छेवाङ लामा,मुगुबाट देविकृष्ण रोकाय, जुम्लाबाट नुर्बु लामा मनोनित भएका छन् ।

यसैगरी दैलेखबाट विष्णुप्रसाद शर्मा, कालिकोटबाट मनराज सिम्खडा,सुर्खेतबाट तर्कबहादुर शाही, जाजरकोटबाट बेदबहादुर शाह र सल्यानबाट इश्वरी बुढाथोकी मनोनित भएका छन् । यो समितिले कर्णालीको पर्यटनको विकास र पुनरुत्थानमा आवश्यक काम गर्ने जिम्मेवारी पाएको छ । समिति गठनका लागि कर्णाली प्रदेशबाट समितिमा रहनेहरुको नाम प्रस्ताव गरि पठाइएको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update