Top Navigation
बुधबार, मंसिर १३, २०८० ०६:०७:२७
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
बुधबार, मंसिर १३, २०८० ०६:०७:२७
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #विचार
  • #डिग्रे
  • #लालबहादुर केसी
  • #शव फेला
  • #दुर्घटना
  • #खेलकुद
  • #बेल्टापु मेला
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  • छोरा पाउने संघर्षमा आफैलाई बिर्सिएको एक जीवन
छोरा पाउने संघर्षमा आफैलाई बिर्सिएको एक जीवन सबै पीडालाई कत्ति बोध नगरी गिज्याइरहेको लाचार पितृसत्तात्मक संकिर्ण सोच कहिले ठीक होला ?
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, साउन २२, २०७८
  • डा. राजकुमार भुजेल 

मिति २०७८ साल साउन ३ गते, समय अन्दाजी बिहानको ११ः३० बजे, स्थान राप्ती समाज अस्पताल (अस्थायी ननकोभिड अस्पताल),रुकुम (पश्चिम) । म सधै झैँ ओपिडिमा बिरामीका समस्याहरु सुन्दै आफ्नो ज्ञानले भ्याएसम्मको चेक–जाँच, परामर्श तथा उपचारकै क्रममा थिएँ । उहाँ सायद पन्ध्रौँ बिरामी हुनुहुन्थ्यो त्यस दिनको । उमेर ३५ वर्ष, समस्याहरुः कमजोरी हुने, छिटै थकान महसुस हुने, खान मन नलाग्ने, निद्रा नपर्ने, टाउको दुख्ने लगायत यावत् समस्याहरु । यति भन्दै गर्दा मैले उहाँको भाइटल हेरिसकेको थिएँ । चेकजाँच गर्दा उहाँ Clinically Anaemic रक्तअल्पता भएको अवस्था)मा हुनुहुन्थ्यो ।

उहाँ अझै पनि आफ्नो  खास समस्या नभनेर आफू अस्पताल आउनुपरेको कारण अन्य समस्याहरु भन्दै टार्न खोज्दै हुनुहुन्थ्यो वा अझ भनौँ भन्न अफ्ट्यारो महसुस गर्दै हुनुहुन्थ्यो । मैले हजुरको रगत, पिसाबको  जाँच सँगै भिडियो एक्सरे पनि गर्नुपर्छ भनेपछि बजार नजिकैको मेडिकलमा गरेको भिडियो एक्सरेको कागज देखाउनुभयो । जसमा प्रिन्टिङ पेपरमा Non–relevant organ को Scan थियो र अन्य केही लेखिएको थिएन । अनि मैले पनि Scan कोही Non–doctor/Non–medical ले गरे भन्ने अनुमान गरेँ । त्यसपछि उहाँले भन्नुभो, डा.साब मेरो गर्भ बसेको थियो, साँढे ४ महिना जतिको थियो, बुटवलमा चेक गर्दा छोरी छ भन्यो, हामीले फेरि पनि नराख्ने निर्णय गर्यौँ, त्यहाँबाट आौषधि दिनुभयो, बच्चा त खस्यो तर रगत बग्न त रोकिएकै छैन आज ११ दिन भयो ।

  • अनि मैले सोधेँ,“हजुरको कतिऔँ गर्भ थियो यो ?”
  • उहाँले भन्नुभयो,“आठ भयो क्यारे डा.साब ।”
  • मैले फेरि सोधेँ, “घरमा कति जना बच्चा छन् तपाईंका ?”
  • उहाँले भन्नुभयो, “चारवटी छोरी छन्, यो भन्दा अघि यस्तै ३÷४ महिनाको ३ वटा खेर फालेको छोरी भएर ।”
  • मैले फेरि पनि सोधेँ, “हामी छोरा भएर केही गर्न सकेका छैनौँ, १२ वर्ष भो घर छोडेको, बिरामी पर्दा तातोपानी दिन नजिकै अस्पताल लैजान सहयोग गर्न सकिरहेका छैनौँ, छोरा नै किन चाहियो ?”
  • उहाँले भन्नुभयो ,“क्यार्दान् र सर बड्डाले माने पो, मलाई  त यतिखालाको जीवन खेर फाल्न रहर हुँदो हो त ?”

त्यसपछि सम्झिएँ, पितृसत्तात्मक हाम्रो निरीह समाज,आफ्नो  इच्छाको लागि लिङ्ग पहिचान गरी गर्भपतन गर्ने गराउने हाम्रै Fraternity का वरिष्ठ डा.साबहरु, अनि अरु अरु ।त्यसपछि त्यहाँ हुने जाँचहरु पठाएँ, आफुले जानेसम्मको भिडियो एक्सरे गरेँ अझै पनि RPOC(सालका टुक्राहरु, गर्भका केही अंशहरु) हरु देखिन्थे । रगतको रिपोर्टमा Hb–6(अत्यधिक रक्तअल्पता) संक्रमण भएको देखियो । Septic Abortion Provisional diagnosis राखेर  2 Pint Fresh whole blood नेपाल आर्मीको सहयोगबाट, Antibiotics, supportive medications र चार दिनको अस्पताल बसाइपछि सबै कुरा Stable भएपछि पुनः Post abortion care पछि बिरामी अलि तग्रिनुभयो । बिरामी सँगै हाम्रो डाक्टर, अस्पताल टिमले मोलेको जोखिमले बिरामी त ठिक हुनु भयो, खुसी लाग्यो ।

तर छोराको चाहनामा थिलथिल बनेको कैयौँ आमाहरुको शरीर, त्यो सबै पीडालाई कत्ति बोध नगरी गिज्याइरहेको लाचार पितृसत्तात्मक सङकिर्ण सोच कहिले ठीक होला ?

डा. भुजेल झण्डै अढाई वर्ष जिल्ला अस्पताल रुकुममा काम गरी भर्खर जानुभएको हो । 


प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १२:३४
#व्लक #राजकुमार भुजेल
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
डिग्रे मन्दिरको इतिहास र वर्तमान
डिग्रे मन्दिरको इतिहास र वर्तमान
सानीभेरी नदी किनारमा एक पुरुषकाे शव फेला 
सानीभेरी नदी किनारमा एक पुरुषकाे शव फेला 
बसको ठक्करबाट आठबीसकोटमा एक व्यक्तिको मृत्यु, २ जना घाइते, बसमाथि ताेडफाेड
बसको ठक्करबाट आठबीसकोटमा एक व्यक्तिको मृत्यु, २ जना घाइते, बसमाथि ताेडफाेड
बेल्टापु मेलाकाे अवसरमा आयाेजित विविध खेलकुद सम्पन्न
बेल्टापु मेलाकाे अवसरमा आयाेजित विविध खेलकुद सम्पन्न
सकियो डिग्रे मेला, फाेटाे र भिडिओमा  हेर्नुहाेस मेला
सकियो डिग्रे मेला, फाेटाे र भिडिओमा हेर्नुहाेस मेला
डिग्रे मेलामा एक आपसमा लट्ठी जुधाएर किन नाचिन्छ (भिडिओ सहित)
डिग्रे मेलामा एक आपसमा लट्ठी जुधाएर किन नाचिन्छ (भिडिओ सहित)
तीन हजार स्वयंसेवककाे नेतृत्व गर्दै जनार्दन अस्थायी आवास निर्माणमा (फाेटाे फिचर)
तीन हजार स्वयंसेवककाे नेतृत्व गर्दै जनार्दन अस्थायी आवास निर्माणमा (फाेटाे फिचर)
मातृ तथा शिशु स्वास्थ्यका लागि ७२ लाख खर्च 
मातृ तथा शिशु स्वास्थ्यका लागि ७२ लाख खर्च 
Badminton Badminton
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्