Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले मुसीकाेट २ काे अध्यक्षमा खड्का

मुसीकोट नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको वडा भेलाले गंगाराम खडकाको अध्यक्षतामा ३९ सदस्यिय वडा कमिटी गठन गरेको छ । कमिटीकाे उपाध्यक्षमा महेश्वर क्षेत्रियाल, सचिवमा प्रेम थापा, उप-सचिव बेलमता खत्री रहनुभएकाे छ ।

सदस्यहरुमा सोवर्ण पुन, बिर्खध्वज पुन, टेकबहादुर खडका, परसुराम खत्री, कुमारी थापा, चिताराम सुनार, हिरे कामी, धनबिर खत्री, गणेश खडका, शशिराम खडका, डम्मर बिक, सुदिक्षा ओली थापा, पम्फा दङ्गी केसी, मदन खडका, सुनिता बिक, अनिता बिक, सीता खडका बाँठा मगर, गोपाल खत्री, काले पुन, जयमान पुन, चामे पुन, मैजर पुन, बेलमता खत्री पुन, टेकबहादुर पुन, टिकाराम क्षत्रियाल, गोविन्द बिक, डम्मर बिक, सेविका केसी, बिरजङ्ग अधिकारी र यमुना खत्री रहनुभएको छ ।

मोहनलाल खत्रीको अध्यक्षतामा भएकाे भेलामा नेकपा एमाले कर्णाली प्रदेश कमिटीका सदस्य तथा रुकुम जिल्ला कार्यालयका सदस्यहरु नारायणकुमार शाह र नन्दराम देवकोटाको आतिथ्यता रहेकाे थियाे । भेलाकाे संचालन प्रेमप्रकाश थापाले गर्नुभएकाे थियाे । 

 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update