Kakhara सबैको खबर सम्पूर्ण खबर
तीन वर्ष तीन महिनामा ११ खानेपानी आयोजना
मुलापानी खानेपानी आयोजनाबाट निर्मित धारा ।

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकामा ११ वटा आयोजना निर्माण भएको छन् । ३ वर्ष ३ महिनाको अवधिमा खानेपानीसँग सम्बन्धित ११ वटा आयोजना निर्माण सम्पन्न भएका हुन् । त्रिवेणि गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी, आशा परियोजना र बैकल्कि उर्जा प्रबद्र्धन केन्द्रको सयुंक्त लगानीमा विभिन्न ९ वटा खानेपानीका आयोजना र २ वटा विद्यालयमा खानेपानीसँग सम्बन्धित आयोजना निर्माण भएको हो ।

नेपाल रेडक्रस सोसाइटीको स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि सामुदायिक सहकार्य परियोजनाका जिल्ला कार्यक्रम अधिकृत सुमन ज्ञवालीका अनुसार गाउँपालिकाका विभिन्न वडामा ९ खानेपानी आयोजना र २ विद्यालयमा खानेपानीसँग सम्बन्धित अयोजना निर्माण भएका छन् ।

अधिकृत ज्ञवालीका अनुसार १० नम्बर वडाको दोमिल्ला टोट्के खानेपानी आयोजना, ७ नम्बर वडाको थारमारे राजकोट लिÏट खानेपानी आयोजना र ६ नम्बर वडाको बाँठाकोट आकाशेपानी संकलन आयोजना निर्माण भएको हो । १ नम्बर वडाको बल्लेजुरा खानेपानी आयोजना, २ नम्बर वडाको मुलापानी खानेपानी आयोजना, ३ नम्बर वडाको तल्लो पँधेरा खानेपानी आयोजना पनि यही अवधिमा निर्माण सम्पन्न भएको अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

३ नम्बर वडाको माथिल्लो पँधेरा खानेपानी आयोजना, ८ नम्बर वडाको कालाखोला भेरीपोखरा खानेपानी आयोजना र १० नम्बर वडाको सिम्तारेखोला खानेपानी आयोजना निर्माण सम्पन्न भएका छन् । यसैगरी १ नम्बर वडाको दिव्यचच्छु माविको संस्थागत खानेपानी तथा चर्पि निर्माण र ३ नम्बर वडाको युवा जनजागरण आधारभुत विद्यालयको संस्थागत खानेपानी तथा चर्पि निर्माण आयोजना पनि यही अवधिमा निर्माण सम्पन्न भएको अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

रेडक्रस सोसाइटीले गाउँपालिकासँग सम्झौता गरी स्वास्थ्यका लागि सामुदायिक सहकार्य र खानोपानी सरसफाइ तथा स्वच्छताका लागि सामुदायिक सहकार्य योजना सञ्चालन गरेको थियो । भौतिक संरचना निर्माणमा गाउँपालिका, आशा परियोजना र बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले पनि नगद योगदान गरेका छन् ।

यी आयोजनाबाट ५ हजार ३ सय उपभोक्ताको पहुँचमा सहज खानेपानी पुगेको बताइएको छ । यी ११ वटा आयोजना निर्माणमा गाउँपालिका, रेडक्रस, आशा, बैकल्पिक उर्जा र स्थानीयको श्रमदान समेत गरी ८ करोड ३७ लाख ८० हजार ५ सय ९८ रुपैयाँ ९५ पैसा खर्च भएको परियोजना प्रतिवेदन रिर्पोटमा उल्लेख छ ।  यस परियोजना अन्तर्गत जुलाई २०१८ देखि सेप्टेम्बर २०२१ सम्म यहाँ काम भएको हो । 


 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update