भलिबल संघ रुकुम पश्चिमको नयाँ नेतृत्व चयन 
                            
                            
                                                        
                                                     
                                                                        जिल्ला भबिलस संघ रुकुम पश्चिमको नयाँ नेतृत्व चयन भएको छ । आज मुसीकोटमा भएको अधिवेशनबाट गोविन्द ओलीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो । जसका उपाध्यक्षमा नरेन्द्र खड्का, सचिव पवन शाही र कोषाध्यक्षमा तुलषा खड्का रहनुभएको छ ।
यसअघि रहेको समितिको पदावधि सकिएपछि नयाँ नेतृत्व चयन गरिएको भलिबल संघ रुकुम पश्चिमले जनाएको छ । यसअघि मोहन चन्द भलिबल संघको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । जिल्ला खेलकुद विकास समितिको कार्यालय मुसीकोटमा भलिबल संघको अधिवेशन भएको हो । 
 
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १८:०१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                 
                    -1761806698.jpeg) 
                     
                     
                     
                    

-1759842583.jpg)
 
                     
                     
                     
                     
                    