 
                                                                        सल्यानमा आज बिहान भएको बस दुर्घटनामा परी गम्भीर घाइते मध्ये ८ जनालाई हेलिकोप्टर मार्फत नेपालगञ्ज पठाइएको छ । २८ घाइते मध्ये गम्भीर घाइते भएका ८ जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका ११ की ७ वर्षीया करिना खड्का, सल्यान छत्रेश्वरी गाउँपालिकाका २५ वर्षीय खिमराज ओली, दाङ दंगिशरण गाउँपालिकाकी ३२ वर्षीया द्धारिका खड्का, सोहि ठाउँ बस्ने २२ वर्षीया विन्दु भडेल, प्युठान बागदुलाकी ५२ वर्षीया राधा पण्डित, सल्यान कुमाख गाउँपालिका ७ की २५ वर्षीया निरुता डिसी, उहाँकी १६ वर्षीया छोरी बिना बिष्ट र छत्रेश्वरी गाउँपालिका ६ का ४० वर्षीय धननाथ योगीलाई उपचारका लागि नेपालगञ्ज लगिएको हो ।
सल्यान खलंगाबाट दाङ तुलसिपुर जाँदै गरेको रा १ ख २५५२ न बस सल्यान कपुरकोट गाउँपालिका ५ खारखोलामा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । ९ जना मृतकको पहिचान खुलेको छ भने ३ जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु भएका र घाइते भएकाको विवरणः






 
                                                 
                                                 
                                                 
                                                 
                    


-1759842583.jpg)
 
                     
                     
                    