Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा १२ जना बन्दकर्ता पक्राउ

सवारी तथा मालबाहक साधन र बजार बन्द गराउँदै हिडेका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुकुम पश्चिमको सदरमुकामका विभिन्न ठाउँमा बन्द गराउँदै हिडेका उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

विप्लव नेतृत्वको नेकपा रूकुम पश्चिमका जिल्ला सचिवालय सदस्य माेतिराम खड्का, पार्टी निकट अखिल क्रान्तिकारी रुकुम पश्चिमका अध्यक्ष सोमपाल कामी सहित १२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । सदरमुकाममा बन्दको प्रभाव भने परेको छ ।

विहानैदेखि यातायातका साधन चलेका छैनन् भने बजार पनि खुलेका छैनन् । निजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरु पनि विद्यालय गएका छैनन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update