Kakhara सबैको खबर सम्पूर्ण खबर
आठौं अधिवेशनका लागि एमाले रुकुम पश्चिमले गठन गर्यो विभिन्न उप समिति
जिल्ला कमिटिका बैठकमा सहभागिहरु ।

पुस २३ गते हुने आठौं जिल्ला अधिवेशनको तयारीमा रहेको नेकपा एमाले रुकुम पश्चिमले विभिन्न उप सििमति गठन गरेको छ । आज सदरमुकाम खलंगा स्थित पार्टी कार्यालय बागबजारमा बसेको बैठकले विभिन्न ७ उप समिति गठन गरेको हो ।

टंकप्रसाद ओली संयोजक रहेको मुल व्यवस्थापन उप समिति, कर्णबहादुर ओलीको संयोजकत्वमा प्रचार प्रसार उप समिति गठन भएको छ । केदार गौतमको संयोजकत्वमा मेस तथा होटल व्यवस्थापन समिति, शशिराम परियारको संयोजकत्वमा मञ्च व्यवस्थापन तथा अतिथि सत्कार उप समिति गठन गरिएको प्रचा प्रसार उप समितिका सदस्य ओमप्रकाश आचार्यले जानकारी दिनुभयो ।

लालबहादुर बुढाको संयोजकत्वमा स्वयमसेवक उप समिति, टंकप्रसाद ओलीको संयोजकत्वमा प्रतिवेदन लेखन उप समिति र पलबहादुर खड्काको संयोजकत्वमा आर्थिक प्रतिवेदन उप समिति गठन गरिएको आचार्यले जानकारी दिनुभयो । बैठकमा पोलिटव्युुरो सदस्य खेममान खड्का, केन्द्रीय सदस्य तिर्था गौतम र चन्द्रबहादुर विकलाई जिल्ला कमिटिको तर्फबाट स्वागत समेत गरिएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update