Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वको जनसंख्या ५८ हजार, पुथाउत्तरगंगामा पुरुष भन्दा महिला ८ जना बढी 
जिल्ला सदरमुकाम सिस्ने गाउँपालिका ५ र ६ काे रूकुमकाेट ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार रुकुम पूर्वको जनसंख्या झण्डै ५८ हजार पुगेको छ । तीन स्थानीय तह रहेको रुकुम पूर्वमा कुल जनसंख्या ५७ हजार ९ सय ६० छ । रुकुम पूर्वमा पनि महिलाको संख्या बढी छ । २८ हजार २ सय २६ जना पुरुष हुँदा महिलाको संख्या २९ हजार ७ सय ३६ रहेको छ । जिल्लाको जनसंख्या बृद्धिदर ०.८३ प्रतिशत छ । २०६८ को जनगणना अनुसार रुकुम पूर्वको जनसंख्या ५३ हजार १ सय ८४ थियो । १० वर्षको अवधिमा जिल्लाको जनसंख्या ४ हजार ७ सय ७८ बढेको छ । 

जिल्लामा सबैभन्दा बढी जनसंख्या बढी जनसंख्या भूमे गाउँपालिकामा छ भने सबैभन्दा कम सिस्ने गाउँपालिकामा छ । भूमेमा सबैभन्दा कम ४ हजार १ सय ९४ घर परिवार रहेपनि जनसंख्या भने सबैभन्दा बढी १९ हजार ८ सय ३५ कुल जनसंख्या छ । त्यहाँ पुरुषको संख्या ९ हजार ४ सय २५ रहदा महिलाको संख्या १० हजार ४ सय १० रहेको छ । पुथाउत्तरगंगा गाउँपालिकाको जनसंख्या १८ हजार ९ सय ५४ रहेको छ । पुथाउत्तरगंगामा पुरुषको भन्दा महिलाको संख्या ८ जनाले मात्र बढी छ । 

९ हजार ४ सय ७३ जना पुरुष रहेको पुथामा ९ हजार ४ सय ८१ जना महिला छन् । जिल्लामा सबैभन्दा बढी घर परिवार पुथामा छन् । त्यहाँको घर परिवार संख्या ४ हजार ५ सय ७३ छ । जिल्ला सदरमुकाम रहेको सिस्ने गाउँपालिकामा भने सबैभन्दा कम जनसंख्या छ । सिस्नेको कुल जनसंख्या १८ हजार ७ सय ५१ छ । जसमा ९ हजार १ सय २२ पुरुष र ९ हजार ६ सय २९ महिला छन् । यहाँ घरपरिवार संख्या ४ हजार ३ सय ९६ छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update