Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणिमा एमाले पार्टी कार्यालय

नेपाल कम्युनिष्ट पार्टी एमाले त्रिवेणि गाउँपालिका रुकुम पश्चिमले कार्यालय स्थापना गरेको छ । २ नम्बर वडाको सिम्रुतुमा कार्यालय स्थापना गरिएको हो । जिल्ला कमिटि अध्यक्ष नन्दराम देवकोटाले पार्टी कार्यालय उद्घाटन गर्नुभएको हो ।

त्रिवेणि गाउँ कमिटि अध्यक्ष डिल्ली ओलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुक्ति समाजका केन्द्रीय गणेश सुनार, पार्टी जिल्ला कमिटि सदस्य भिम ओली, विरेन्द्र मल्ल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिका कमिटि सचिव खडक पुनले गर्नुभएको थियो । 

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update