Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले रुकुम पश्चिमद्धारा सचिवालय गठन

नेकपा एमाले जिल्ला कमिटि रुकुम पश्चिमले सचिवालय गठन गरेको छ । मंगलबार जिल्ला पार्टी कार्यालय बागबजारमा बसेको बैठकले २१ सदस्यीय जिल्ला सचिवालय सदस्य गठन गरेको हो । बैठकले विभिन्न विभाग गठन गर्ने र विभागिय प्रमुख तोक्ने जिममा पनि सचिवालयलाई दिएको उप सचिव गणेश सुनारले जानकारी दिनुभयो ।

बैठकले प्रत्येक स्थानीय तहमा निर्वाचन तयारी गर्ने निर्णय पनि गरेको छ । उप सचिव सुनारका अनुसार बुधबार विहान सचिवालय बैठक बस्ने तय भएको छ । एमाले स्थायी कमिटि सदस्य यमलाल कंडेलको प्रमुख उपस्थितिमा बैठक बसेको हो । 

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update