
रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा हुने भनिएको भलिबल र व्याडमिन्टन प्रतियोगिता सरेको छ । चैत्र ५ देखि १० गते सम्म खलंगाको बराहटाकुरामा हुने गरी तोकिएको प्रतियोगिता चैत्र १३ देखि १७ गतेसम्म संचालन हुने गरी सरेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । चैत्र ७ गते देखि १२ गतेसम्म सुदुरपश्चिम प्रदेशको धनगढीमा मुख्यमन्त्री कप हुन लागेको र सबै राष्ट्रिय खेलाडी तथा रुकुम पश्चिमका खेलाडी समेत कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगिता खेल्न जानुपर्ने भएकाले प्रतियोगिता सारिएको आयोकजक समितिका अध्यक्ष तेज बुढाले बताउनुभयो ।
जिल्लामा राष्ट्रिय स्तरका खेलाडी समेत खेल्न आउने हुँदा प्रतियोगिताको मिति सारिएको उहाँको भनाई छ । अव भने तोकिएकै समयमा प्रतियोगिता हुने उहाँले बताउनुभयो । आयोजकले यो प्रतियोगितालाई जिल्लाकै अहिलेसम्मको ‘सर्वाधिक’ पुरस्कार राशिको भनेको छ । भलिबलको विजेताले २ लाख ५० हजार पुरस्कार पाउने छ । उप विजेताले १ लाख ५० हजार पुरस्कार पाउँदा सेमिफाईनलमा पुग्ने २ टीमले ५०/५० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । भलिबल पालिका स्तरीय खुला हुने छ । एउटा टीमले २ जना बाहिरको खेलाडी राख्न पाउने नियम आयोजकले बताएको छ ।
भलिबलमा विभिन्न व्यक्तिगत इभेन्टमा पनि पुरस्कारको व्यवस्था गरिएको छ । वेष्ट प्लेयरले १० हजार तथा वेस्ट स्पाइकर, वेष्ट लिवोरो, वेष्ट लिप्टर, वेष्ट व्लकर र वेष्ट क्विकरले जनही ५/५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
त्यस्तै खुला व्याडमिन्टन प्रतियोगिताको प्रथम पुरस्कार १ लाख राखिएको छ । व्याडमिन्टनमा दोस्रो हुनेले ५० हजार र सेमिफाईनलसम्म पुग्ने २ जोडिले २०/२० हजार नगद पुरस्कार पाउँने आयोजकको भनाई छ । प्रतियोगिता खुला भएपनि र्याकिङ खेलाडीले भने सहभागिता जनाउन नपाउने अध्यक्ष बुढाले बताउनुभयो । प्रतियोगिता हुेर्नका लागि आयोजकले १ सय रुपैंया शुल्क तोकेको छ ।