Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा भलिबल र क्रिकेटको प्रशिक्षण जारी 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भलिबल र क्रिकेटको प्रशिक्षण जारी छ । गाउँपालिकाको सहयोगमा गाउँ खेलकुद विकास समितिले वडा नम्बर ३ को बेल्टापुमा प्रशिक्षण चलाईरहेको छ । फागुन २५ गतेबाट सुरु भएको प्रशिक्षण चैत्र ५ गतेसम्म चल्ने गाउँ खेलकुद विकास समिति सानीभेरीले जनाएको छ । 

भलिबलमा ३५ जना र क्रिकेटमा १५ जनाको सहभागिता रहेको छ । भलिबलमा गाउँपालिका भित्रका खेलाडीहरुलाई मात्र सहभागि बनाईएको छ भने क्रिकेटमा जिल्लाका ६ वटै स्थानीय तहका खेलाडीहरु सहभागि छन् । भलिबलको प्रशिक्षण भिमप्रकाश विक र गणेश बुढाथोकीले दिईरहनुभएको छ भने क्रिकेटको प्रशिक्षण हेमन्त ओलीले दिईरहनुभएको छ । 

खेलाडी उत्पादन गर्ने उदे्श्यले प्रशिक्षण चलाईएको गाउँ खेलकुद विकास समिति सानीभेरीका सदस्य सचिव बालकुमार नकालले जानकारी दिनुभयो । भलिबल र क्रिकेटमा धेरैको चासो रहेको र उनिहरुको थप क्षमता विकासका लागि प्रशिक्षण संचालन गरिएको उहाँले बताउनुभयो । 

प्रशिक्षणबाट अब्बल खेलाडी उत्पादन हुने अपेक्षा गरिएको उहाँको भनाई छ । सानीभेरी गाउँपालिकाले खेलकुदमा लगानी बढाएको छ । मेला महोत्सव तथा विशेष अवसरमा खेलकुद प्रयोगिता आयोजना गर्ने देखि खेलाडिको क्षमता विकाससम्मका कार्यक्रमका लागि गाउँपालिकाले लगानी गरिरहेको छ । 

 

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update