Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमेमा राष्ट्रपति रनिङ शिल्ड जारी 

रुकुम पूर्वको भूमे गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड जारी छ । गाउँपालिकाको वडा नम्बर ६ महतमा रहेको जन जागृति माविमा हिजोबाट शिल्ड सुरु भएको हो । शिल्डको लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले उद्घाटन गर्नुभएको थियो । भुमे गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखाले यस शैक्षिक सत्रको शिल्ड आयोजना गरेको हो । शिल्ड चैत्र १ गतेसम्म चल्ने छ ।

गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका अनुसार शिल्डमा विभिन्न विधामा प्रतिस्पर्धा भइरहेको छ । शिल्डमा छात्र छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स तर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटरको दौड संचालन भइरहेको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक टेकबहादुर बुढाथोकीले बताउनुभयो । त्यस्तै छात्र छात्रा ज्याभलिङ थ्रो र सटफुटमा पनि प्रतिस्पर्धा भइरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update