Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका मतदाताको संख्या एक लाख ४ हजार ४ सय बढी

आसन्न स्थानीय तहको निर्वाचनमा रुकुम पश्चिमका मतदाताको संख्या एक लाख बढी भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा रुकुम पश्चिममा १ लाख ४ हजार ४ सय ८२ मतदाता छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा यी मतदाताले भाग लिन पाउनेछन् । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय अनुसार पुरुष मतदाताको संख्या बढी छ । ५२ हजार ७ सय ६७ जना पुरुष मतदाता छन् भने ५१ हजार ७ सय १४ जना महिला मतदाता छन् । तीन नगर र तीन गाउँपालिका रहेको रुकुम पश्चिममा ७६ मतदान स्थल कायम गरिएको छ भने मतदान केन्द्रको संख्या १ सय ३९ रहेको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । 

मुसीकोट नगरपालिकामा २२ हजार १ सय ९७ मतदाता छन् । यहाँ महिला मतदाताको संख्या ११ हजार २ सय ७८ छ भने पुरुष मतदाताको संख्या १० हजार ९ सय १९ छ । १५ मतदान स्थल रहेको मुसीकोट नगरपालिकामा २९ मतदान केन्द्र कायम गरिएको छ । 

आठबीसकोट नगरपालिकामा २० हजार ७ सय ८ मतदाता रहेका छन् । महिला मतदाताको संख्या ९ हजार ८ सय २८ हुँदा पुरुष मतदाताको संख्या १० हजार ८ सय ८० छ । १६ मतदान स्थल रहेको आठबीसकोटमा २७ मतदान केन्द्र छन् । 

१९ हजार १ सय ८ जम्मा मतदाता रहेको चौरजहारी नगरपालिकामा ९ हजार ५ सय ४२ महिला मतदाता छन् । ९ हजार ५ सय ६६ पुरुष मतदाताको संख्या रहेको छ । १४ मतदान स्थल रहेको चौरजहारीमा २६ मतदान केन्द्र छन् । 

क्र.स. स्थानीय तहकाे नाम महिला मतदाता पुरुषा मतदाता जम्मा मतदाता मतदान स्थल

मतदान केन्द्र

१ मुसीकाेट नगरपालिका ११२७८ १०९१९ २२१९७ १५ २९
२ आठबीसकाेट नगरपालिका ९८२८ १०८८० २०७०८ १६ २७
३ चाैरजहारी नगरपालिका ९५४२ ९५६६ १९१०८ १४ २६
४ सानीभेरी गाउँपालिका ७०४३ ७३६३ १४४०६ ११ १९
५ त्रिवेणि गाउँपालिका ७२४१ ७०९४ १४३३६ १० २०
६ बाँफिकाेट गाउँपालिका ६७८२ ६९४५ १३७२७ १० १८

सानीभेरी गाउँपालिकामा १४ हजार ४ सय ६ मतदाता छन् । यहाँ ७ हजार ४३ महिला मतदाता छन् भने ७ हजार ३ सय ६३ पुरुष मतदाता छन् । ११ मतदान स्थल रहेको सानीभेरीमा १९ मतदान केन्द्र कायम गरिएको छ । 

१४ हजार ३ सय ३६ मतदाता रहेको त्रिवेणी गाउँपालिकामा एक जना अन्य मतदाता पनि छन् । यहाँ महिला मतदाताको संख्या ७ हजार २ सय ४१ र पुरुष मतदाताको संख्या ७ हजार ९४ छ । १० मतदान स्थल रहेको त्रिवेणीमा २० मतदान केन्द्र कायम गरिएको छ ।

जिल्लाको सबभन्दा कम मतदाता बाँफिकोट गाउँपालिकामा छन् । १३ हजार ७ सय २७ मतदाता रहेको बाँफिकोटमा ६ हजार ७ सय ८२ महिला र ६ हजार ९ सय ४५ पुरुष मतदाता छन् । १० मतदान स्थलका कायम गरिएको बाँफीकोटमा १८ वटा मतदान केन्द्र तोकिएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update