Kakhara सबैको खबर सम्पूर्ण खबर
व्यक्तिगत पहलमा स्वास्थ्य चौकीलाई २२ प्रकारका उपकरण

यहाँका एक व्यक्तिको पहलमा एक स्वास्थ्य संस्थालाई सहयोग प्राप्त भएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ११, का खेम पुनको पहलमा सोही वडाको स्वास्थ्य चौकी भलाक्चालाई ४ लाख ५० हजार बढीका विभिन्न उपकरण प्राप्त भएको हो । बाल सहयोग केन्द्र रुकुम पश्चिमका अध्यक्ष रहेका पुनले बेल्जियमका नागरिकको सहयोगमा स्वास्थ्य चौकीलाई डेलीभरी बेड, डेलीभरी सेट, ड्रेसिङ सेट, आइभी स्ट्याण्ड, स्ट्रेयर, फ्रिज, पिपि सेट, प्लाष्टिक कुर्सी काठको खटिया, स्टील दराज, पानी छान्ने फिल्टर, प्लाष्टिक बाटा, प्लाष्टिक बाल्टिन, सिरक, डसना, तन्ना, पर्दा अफिस टेबल, घुम्ने कुर्सी लगायतका सामाग्री सहयोग गर्नु भएको छ ।

स्वास्थ्य चौकीमा आवश्यक उपकरण नहुँदा उपचारमा समस्या हुनेभएपछि उपकरण सहयोग गरेको पुनले बताउनुभयो । मुसीकोट नगरपालिकाले पुनलाई सम्मान पनि गरेको छ । स्वास्थ्य चौकीलाई सहयोग गरेर नगरको विकासमा योगदान गरेको भन्दै नगरपालिकाले पुनलाई सम्मान गरेको हो । नगरप्रमुख देविलाल गौतमले एउटा व्यक्तिको पहलमा स्वास्थ्य चौकीले आवश्यक २२ प्रकारका साधन प्राप्त गरेको भन्दै पहलकर्ता पुनलाई धन्यवाद दिनुभयो । विकासका लागि सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update