भोली शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा रुकुम पश्चिममा १ लाख बढी मतदाताले भोट हाल्दै छन् । जिल्लाका ६ वटा स्थानीय तहमा १ लाख ४ हजार ४ सय ८२ मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा पुरुष मतदाताको संख्या बढी छ । ५२ हजार ७ सय ६७ जना पुरुष मतदाता छन् भने ५१ हजार ७ सय १४ जना महिला मतदाता छन् ।
मुसीकोट नगरपालिकामा २२ हजार १ सय ९७ मतदाता छन् । यहाँ महिला मतदाताको संख्या ११ हजार २ सय ७८ छ भने पुरुष मतदाताको संख्या १० हजार ९ सय १९ छ । १५ मतदान स्थल रहेको मुसीकोट नगरपालिकामा २९ मतदान केन्द्र कायम गरिएको छ । आठबीसकोट नगरपालिकामा २० हजार ७ सय ८ मतदाता रहेका छन् । महिला मतदाताको संख्या ९ हजार ८ सय २८ हुँदा पुरुष मतदाताको संख्या १० हजार ८ सय ८० छ । १६ मतदान स्थल रहेको आठबीसकोटमा २७ मतदान केन्द्र छन् ।
१९ हजार १ सय ८ जम्मा मतदाता रहेको चौरजहारी नगरपालिकामा ९ हजार ५ सय ४२ महिला मतदाता छन् । ९ हजार ५ सय ६६ पुरुष मतदाताको संख्या रहेको छ । १४ मतदान स्थल रहेको चौरजहारीमा २६ मतदान केन्द्र छन् । सानीभेरी गाउँपालिकामा १४ हजार ४ सय ६ मतदाता छन् । ७ हजार ४३ महिला मतदाता छन् भने ७ हजार ३ सय ६३ पुरुष मतदाता छन् । ११ मतदान स्थल रहेको सानीभेरीमा १९ मतदान केन्द्र कायम गरिएको छ ।
१४ हजार ३ सय ३६ मतदाता रहेको त्रिवेणी गाउँपालिकामा एक जना अन्य मतदाता पनि छन् । उक्त स्थानीय तहमा महिला मतदाताको संख्या ७ हजार २ सय ४१ र पुरुष मतदाताको संख्या ७ हजार ९४ छ । १० मतदान स्थल रहेको त्रिवेणीमा २० मतदान केन्द्र कायम गरिएको छ । जिल्लामा सबभन्दा कम मतदाता बाँफिकोट गाउँपालिकामा छन् । १३ हजार ७ सय २७ मतदाता रहेको बाँफिकोटमा ६ हजार ७ सय ८२ महिला र ६ हजार ९ सय ४५ पुरुष मतदाता छन् । १० मतदान स्थलका कायम गरिएको बाँफीकोटमा १८ वटा मतदान केन्द्र तोकिएको छ ।