Top Navigation
बुधबार, साउन २५, २०७९ ०५:००:४७
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
बुधबार, साउन २५, २०७९ ०५:००:४८
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मृत्यु
  • #अरिंगालकाे टाेकाइ
  • #वडा विशेष
  • #बाँफिकाेट २
  • #प्रकाश खत्री
  • #नि:शुल्क दुध
  • #सम्बन्ध विच्छेद
Search Here
स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • Home
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • आठबीकोट नगरपालिकाद्धारा आगामि वर्षका लागि साढे ६७ करोड बजेट विनियोजन  
आठबीकोट नगरपालिकाद्धारा आगामि वर्षका लागि साढे ६७ करोड बजेट विनियोजन  
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, असार १०, २०७९
बजेट भाषण गर्न नगर सभामा सहभागि हुँदै नगर उपप्रमुख धनकुमारी शाही ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि साढे ६७ करोड बजेट विनियोजन गरेको छ । आजको नगर सभामा उपप्रमुख धनकुमारी शाहीले ६७ करोड ६३ लाख २५  हजार ४ सय ५० रुपैंया बराबरको बजेट पेश गर्नुभयो । कुल विनियोजित रकम मध्ये चालु तर्फ ४४ करोड ३३ लाख २५ हजार ४ सय ५० रुपैंया अर्थात ६५.५४ प्रतिशत रकम र पुँजीगत तर्फ २३ करोड २९ लाख ९९ हजार ९ सय ९८ रुपैंया अर्थात ३४.४६ प्रतिशत रकम रहेको छ ।

प्रस्तावित कुल बजेट मध्य संघीय समानीकरण अनुदान तर्फ १२ करोड १३ लाख, राजश्व वाँडफाँडवाट प्राप्त हुन आएको रकम १३ करोड ६५ लाख २१ हजार रहेको छ । त्यस्तै प्रदेश सरकारवाट  बितिय समानिकरण अनुदान वाफतको १ करोड २१ लाख ७७ हजार, राजश्व वाँडफाँडवाट प्राप्त हुन आएको रकम २० लाख ७७ हजार ४ सय ४८ रुपैंया छ । त्यस्तै संघीय सरकारवाट ससर्त अनुदान २२ करोड ८१ लाख, विशेष अनुदान २ करोड १० लाख र समपुरक अनुदान रकम १ करोड ६० लाख आउने अनुमान गरिएको छ ।

प्रदेश सरकारबाट सर्सत अनुदान ७६ लाख ५० हजार र स्थानीय राजश्व वाँडफाँड तथा स्रोत परिचालन गरि आन्तरिक आयतर्फ ३ करोड ८५ अनुमान गरिएको छ । नगरपालिकाले कृषि तथा पशुपालमा तर्फ २ करोड १६ लाख, उद्योग तथा वाणिज्य तर्फ ३० लाख, शिक्षा तर्फ २२ करोड ८० लाख, युवा तथा खेलकुद १६ लाख, स्वास्थ्य तर्फ ५ करोड ८९ लाख ८९ हजार, सडक तथा पुल पुलेसा तर्फ ४ करोड ८५ लाख र सिँचाइ खानेपानी तथा सरसफाइ तर्फ २ करोड ३ लाख विनियोजन गरेको छ । 

विद्युत तथा बैकल्पिक उर्जा तर्फ १२ लाख, सुचना तथा सञ्चार तर्फ ३० लाख, भवन तथा सहरी आवास तर्फ ८ करोड ५७ लाख, धार्मिक संस्कृति तथा पर्यटन २ करोड २९ लाख, सहकारी गरिबी निवारण तथा रोजगार व्यवस्थापन तर्फ २ करोड २९ लाख, वन तथा वातावरण भू–संरक्षण, विपत् तथा फोहोरमैला व्यवस्थापन तर्फ ४५ लाख छुट्याईएको छ । त्यस्तै संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह तर्फ ११ करोड ५० लाख, वडा गत विनियोजन तर्फ ३ करोड विनियोजन गरिनुका साथै नगरपालिकामा कार्यरत करार कर्मचारीहरुको तलब २ हजार बढाईएको छ ।  

नीति तथा कार्यक्रम पनि नगर सभामा पेश भएको छ । नगर प्रमुख रवि केसीले आर्थिक बर्ष २०७९/०८० नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । प्रस्तुत नीति तथा कार्यक्रममा कृषि तथा पशुपालनलाई पहिलो प्राथमिकता दिइएको छ । त्यस्तै शिक्षा, स्वास्थ्य, रोजगार, सडक, खानेपानी तथा सरसफाइ, सिँचाइ, युवा तथा खेलकुद, वन तथा वाताबरण, बिद्युत लगायतका कार्यक्रमहरु समावेश गरिएको छ । 

त्यसैगरी सुचना र सञ्चार, कला, संस्कृति, सहकारी, पर्यटन र औद्योगिक विकास निर्माण लगायतका कार्यक्रमहरु पनि समाबेश गरिएको छ । नगरसभामा पेश गरेको नीति तथा कार्यक्रम र बजेटमा छलफल गर्नका लागि भने पुनः नगरसभाको अर्को बैठक बस्ने भएको छ । बिषयगत समिति र कार्यपालिका हुदै सबैतिर छलफल गरि फेरि बस्ने नगर सभाले नीति तथा कार्यक्रम र बजेट पास गर्ने बताइएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १९:५३
Bijayswori Bijayswori
स्वास्थ्य सेवा कार्यालय स्वास्थ्य सेवा कार्यालय
#बजेट #आठबीसकोट
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
आठबीसकोट नगरपालिकाका करार कर्मचारीको तलब २ हजार बढ्यो 
आठबीसकोट नगरपालिकाका करार कर्मचारीको तलब २ हजार बढ्यो  शुक्रबार, असार १०, २०७९
सिस्नेको बजेट झण्डै ५७ करोड, के मा कति बजेट ? (पूर्ण पाठ सहित) 
सिस्नेको बजेट झण्डै ५७ करोड, के मा कति बजेट ? (पूर्ण पाठ सहित)  शुक्रबार, असार १०, २०७९
भूमेले सडक दुर्घटनालाई लक्षित गर्दै ट्रमा अस्पताल बनाउने (नीति कार्यक्रमको पूर्ण पाठ सहित)
भूमेले सडक दुर्घटनालाई लक्षित गर्दै ट्रमा अस्पताल बनाउने (नीति कार्यक्रमको पूर्ण पाठ सहित) शुक्रबार, असार १०, २०७९
त्रिवेणीले ल्यायो साढे ४९ करोड बराबरको बजेट (पूर्ण पाठ सहित)
त्रिवेणीले ल्यायो साढे ४९ करोड बराबरको बजेट (पूर्ण पाठ सहित) शुक्रबार, असार १०, २०७९
सानीभेरी गाउँपालिकाकाे आगामि वर्षको बजेट साढे ७० करोड (पूर्ण पाठ सहित)
सानीभेरी गाउँपालिकाकाे आगामि वर्षको बजेट साढे ७० करोड (पूर्ण पाठ सहित) शुक्रबार, असार १०, २०७९
सिस्नेको नीति, कार्यक्रमः डाक्टर पढ्नेलाई ऋण र अनुदान (पूर्ण पाठ सहित) 
सिस्नेको नीति, कार्यक्रमः डाक्टर पढ्नेलाई ऋण र अनुदान (पूर्ण पाठ सहित)  बिहीबार, असार ९, २०७९
लोकप्रिय
  • Week
  • Month
अरिंगालको टोकाईबाट सुनारकाे मृत्यु 
अरिंगालको टोकाईबाट सुनारकाे मृत्यु 
सानीभेरीका एक युवा मुम्बईमा मृत भेटिए
सानीभेरीका एक युवा मुम्बईमा मृत भेटिए
कार्यपालिकाका विश्वासी ‘कान्छा’ वडाध्यक्ष
कार्यपालिकाका विश्वासी ‘कान्छा’ वडाध्यक्ष
मुसीकोट ६ का बालबालिकालाई प्रत्येक दिन विद्यालयमै  नि:शुल्क दुध
मुसीकोट ६ का बालबालिकालाई प्रत्येक दिन विद्यालयमै नि:शुल्क दुध
रूकुम पश्चिममा विकराल बन्दै सम्बन्ध विच्छेद, १ वर्षमा झण्डै २ सय मुद्दा दर्ता  
रूकुम पश्चिममा विकराल बन्दै सम्बन्ध विच्छेद, १ वर्षमा झण्डै २ सय मुद्दा दर्ता  
रुकुम पूर्वमा लटरम्म स्याउ (फोटो फिचर) 
रुकुम पूर्वमा लटरम्म स्याउ (फोटो फिचर) 
स्थानीय तहकाे निर्वाचन पछि रुकुम पश्चिममा १३ सय २२ जना मतदाता थपिए 
स्थानीय तहकाे निर्वाचन पछि रुकुम पश्चिममा १३ सय २२ जना मतदाता थपिए 
पुथाउत्तरगंगा गाउँपालिकाले भर्ना गर्यो ४५ जना कर्मचारी र बाल शिक्षा सहयाेगी कार्यकर्ता
पुथाउत्तरगंगा गाउँपालिकाले भर्ना गर्यो ४५ जना कर्मचारी र बाल शिक्षा सहयाेगी कार्यकर्ता
रुकुम पश्चिममा कोभिड संक्रमण बढेपछि संक्रियता बढाईदै 
रुकुम पश्चिममा कोभिड संक्रमण बढेपछि संक्रियता बढाईदै 
भल पसेन, कमलदह भरिएन
भल पसेन, कमलदह भरिएन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    • स्थानीय तहकाे बजेट २०७८
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2022 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्