
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा चौथो गुरिल्ला म्याराथन सुरु भएको छ । ‘जनयुद्ध’ दिवसको अवसरमा सानीभेरी गाउँपालिकाले आयोजना गरेको म्याराथन बिहान साढे १० बजे सुरु भएको हो । म्याराथनको नेकपाका स्थायी कमिटि सदस्य तथा पूर्व गृहमन्त्री जनादर्न शर्मा प्रभाकरले रिबन काटेर उद्घाटन गर्नुभएको हो । म्याराथनमा महिला तर्फ ३४ र ६६ जनाले भाग लिएका छन् । म्याराथनमा रुकुम पश्चिम, पूर्व सहित देशका विभिन्न जिल्लाबाट सहभागिता रहेको म्याराथनको संयोजक गरिरहेको मौराखारा युवा क्लवले जनाएको छ । पुरुष धावकहरु ४६ किलोमिटरको रुटमा दौडिदै छन् भने महिला धावकहरु ३४ किलोमिटर दौडने गरी रुट तय गरिएको छ । पुरुषतर्फ प्रथम आ
उने खेलाडीले नगद ८० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ । दोस्रो हुनेले ५५, तेस्रो हुनेले ३५ हजार र सान्त्वना हुने खेलाडीले नगद १० हजारका साथमा प्रमाण पत्र पाउनेछन् । महिलातर्फ प्रथम हुनेले नगद ५५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । दोस्रो हुनेले ४०, तेस्रो हुनेले २० र सान्त्वता हुनेलाई १० हजार नगदको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ । जनयुद्ध दिवसका अवसरमा विगत ४ वर्षदेखि गाउँपालिकाले राष्ट्रिय स्तरको गुरिल्ला म्याराथन संचालन गर्दै आईरहेको छ ।