Kakhara सबैको खबर सम्पूर्ण खबर
यि देश जसले कतार विश्वकप फुटबलको उपाधि जित्न सक्छन

प्रत्यक ४ वर्षको अवधिमा हुने फुटबलको महासंग्राम विश्वकप फुटबल यसवर्षको अन्त्यमा हुँदै छ । नोभेम्बर २८ अर्थात मंसिर ५ गतेबाट कतारमा हुने विश्वकप फुटबलमा ३२ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् । विश्वकप खेल्ने सबै टोलीको टुंगो लागिसकेको छ । प्रतियोगिता जित्न सक्ने सम्भावित देशहरूको छोटो सूची छ तर तिनीहरूमध्ये केहीलाई प्रतियोगिताको अन्तिम चरणमा पुग्न अपेक्षाकृत कठिन बाटो हुनेछ । यस चरणमा पुग्ने सबै देशहरूमध्ये, त्यहाँ कम्तिमा ८ देशहरू छन् जसलाई यसको अन्त्यसम्म कप जित्न सक्ने मानिन्छ । 

यसपटकको विश्वकप जित्न सक्ने देशका रुपमा मुख्यगरी ८ देशलाई लिईएको छ । यि देशहरुलाई विश्वकपको सवैजसो संस्करणका दाबेदारका रुपमा लिईन्छ । यसपटक विश्वकपको उपाधि जित्नसक्ने मुख्य दोवेदारका रुपमा अर्जेन्टिना, फ्रान्स, ब्राजिल, पोर्चुगल, इङ्गल्याण्ड, स्पेन, जर्मनी र बेल्जियमलाई लिईएको छ । त्यस्तै उरुग्वे, पोल्याण्ड, क्यानडा, डेनमार्क, क्रोएसिया, स्विट्जरल्याण्ड, सेनेगल, नेदरल्याण्ड्स र वेल्सलाई पनि बलियो टिमका रुपमा हेरिएको छ । बाँकी देशहरूलाई भने प्रतियोगिताको लामो यात्रा तय गर्न सक्ने रुपमा हेरिएको छैन् । 

कुन देश कुन समुहमा 
समूह ‘ए’ भित्र आयोजक कतारले इक्वेडर, सेनेगल र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा इङ्गल्याण्ड, इरान, संयुक्त राज्य अमेरिका र वेल्स छन् । समूह ‘सी’ भित्र, उपाधिको दावेदार अर्जेन्टिनाले साउदी अरेबिया, मेक्सिको र पोल्याण्डसँग खेल्ने छ । समूह ‘डी’मा फ्रान्स, अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया छन् ।

समूह ‘ई’ मा स्पेनसँग कोस्टारिका, जर्मनी र जापानको प्रतिस्पर्धा हुने छ । यो समुहलाई ग्रुप अफ डेथका रुपमा लिईएको छ । समुह ‘एफ’मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया छन् । ब्राजिल समूह ‘जी’ को शीर्ष स्थानमा सर्बिया, स्विट्जरल्याण्ड र क्यामरुनसँग छ । रोनाल्डोको पोर्चुगल समूह ‘एच’मा छ । उक्त ग्रुपमा उरुग्वे, घाना र कोरिया गणतन्त्र छ । पहिलो खेल नोभेम्बर २१ मा सुरु हुनेछ र फाइनल डिसेम्बर १८ मा तय गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update