Top Navigation
बुधबार, साउन २५, २०७९ ०५:१६:३३
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
बुधबार, साउन २५, २०७९ ०५:१६:३३
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मृत्यु
  • #अरिंगालकाे टाेकाइ
  • #वडा विशेष
  • #बाँफिकाेट २
  • #प्रकाश खत्री
  • #नि:शुल्क दुध
  • #सम्बन्ध विच्छेद
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  • समिक्षाः सिसी क्यामेरा फुटेज
समिक्षाः सिसी क्यामेरा फुटेज
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, साउन १६, २०७९

प्रतिपक्ष दलको बेतुकको अडान, सुगा रटानले तातेको संसद भवन भित्रको माहौल र केहि मिडिया हाउसहरु एवं सामाजिक संजालहरुका रिस इगोहरु पोखिएर कुनै दिन छताछुल्ल भए । मलाई लागेको थियो अब म पनि किन चुप बस्ने ? आफ्ना वा इतर उतर पार्टिका नेता हुनसक्छन तर देश आफ्नै हो नी ? सरकार आफ्नै हो नी ? देश विकास, समृद्धि, राष्ट्रियता सवै आफ्नो हो यसैले कोही एक जना व्यक्ति, नेता वा मन्त्रीले घात ग¥यो भने खवरदारी गर्नु सचेत नागरीकको कर्तव्य हो । असल काम गर्ने, समृद्धिको योजना ल्याउने, राष्ट्रिय हितका लागि योजना बनाउने योजनाकार नेता, मन्त्री, कर्मचारी वा समाजसेवीहरु प्रति श्रद्धा र सम्मान गर्ने कर्तव्य पनि असल नागरिकको हो । असल नागरिक वा पार्टिका असल कार्यकर्ता आफ्नो पार्टिका नेताहरुले उठाएका सबै मुद्धाहरुलाई सहि वा गलत के छ अध्ययन गरेर मात्र आफ्नो दृष्ठिकोण प्रकट गर्दछन । सहि के हो भनेर अध्ययन गरेर मात्र आफ्नो दृष्ठिकोण पेश गर्ने पद्धति नै लोकतान्त्रिक मुृलुकहरुमा प्रचलनमा रहेको देखिन्छ । विगतमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अमुक व्यक्ति मार्फत करको दरमा हेरफेर गरिएको भन्ने विषय अन्तत पदवाट दिएको राजीनामावाट पहिलो अध्याय टुङ्गीएको थियो ।

पदवाट राजीनामा दिएपछि प्रमुख प्रतिपक्ष चुप, मिडिया हाउसहरुका घट्ट बसे, सामाजिक सञ्जालका बादशाहहरु वर्थ डे को शुभकामना र आफन्तजनको मृतुमा हार्दिक श्रद्धाञ्जली लेख्ने वा विरामीहरुलाई गेट वयल सुन भन्ने विषय भन्दा अर्को विषय पाएनन् । केहि द्धवारपालहरु भाङ खाएर कल डिटेल र सिङ्गो सिंहदरवारको सिसी टिभी फुटेज चाहियो भनेर छानविनलाई बर्षौ लम्ब्याउने अनि देशको अर्थतन्त्रलाई श्रीलङ्का सम्म पु¥याउने होडवाजीमा पनि लागेको देखियो । मुलत नेपाली राजनीतिक पुस्तकालय भित्रका होनहार बादशाहहरुको भनाई अनुसार जो जस्ले जे मुद्धा उठाए वा मुद्धा उठेपछि मन्त्रीले राजीनामा दिए यि दुवै कुरा प्रजातान्त्रिक मुल्य मान्यता, शिद्धान्त भित्रका विषय हुन अथवा यि क्रियाकलाप सवै प्रजातन्त्रमा उच्चारण गर्न योग्य मन्त्र हुन भनेर पनि विश्लेषण भएको पाईयो । नेपालको प्रजातान्त्रिक व्यवस्था, नेपालका राजनैतिक पार्टिहरुको उदय/विकास नेपाली राजनीतिक कर्मीहरुको योगदान र अनुभवलाई केलाएर हेर्ने हो भने २००६ सालको सेरोफेरोवाट लगभग संगसंगै नेपाली प्रजातान्त्रिक राजनैतिक आन्दोलनको शुरुवात वा संस्थागत विकास भएको देखिन्छ । इतिहासले के पुष्टि गर्छ भने नेपालका कुनै पनि पार्टिहरु आज लगभग सात दशक लामो अनुभववाट यो अवस्थामा आएको देखिन्छ ।

इतिहासमा नेपालका अहिलेका मुख्य तीन पार्टिहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र कुनै बेला राजनैतिक आन्दोलन, सशस्त्र क्रान्ति वा यस्तै खाले राजनैतिक कोर्ष पुरा गरेको अनुभवका साथ संसदीय बाटोमा देखिएका हुन् । लामो समय प्रजातान्त्रिक अभ्यास गर्दै यो अवस्थासम्म पुगेका पार्टिहरुले संसारका धेरै देशहरुका प्रजातान्त्रिक आन्दोलन र अभ्यासहरु पनि देखेका छन । अलि वढि अमेरिकी र भारतीय प्रजातन्त्रको शैली र नजिरहरु हेर्ने नेपाली राजनैतिक पार्टिहरुले बाराक ओबामाले आफ्नो राष्ट्रपति उम्मेदवार पदको प्रतिस्पर्धी निकटतम प्रतिद्धन्दी हिलारी क्लिन्टनलाई रक्षा मन्त्री बनाएको एवं छिमेकी देश भारतमा प्रमुख प्रतिपक्षको भुमिका मज्जाले हेरेका छन् । नेपालको राजनैतिक पार्टिहरुको आचरण र व्यवहार छिमेकिहरुका राम्रा एवं सकारात्मक कुरा सिक्ने तिर नभएर आफै गलत र भ्रामक कुरा उत्पादन गर्ने कारखाना खोल्ने तिर लागेको देखियो । एउटा कुरा गम्भीरतापुर्वक बुझ्ने हो भने नेपाली राजनैतिक संस्कारको सिकार राजनैतिक दलहरु आफै परेका छन् । गलत संस्कारको विकास हुदै जादा अन्तत आफुले खनेको खाडलमा आफै पर्नु हो ।

विगतमा प्रजातन्त्रको गलत व्यवाख्या गर्दै जानेक्रममा नेताहरुका विरुद्ध विभिन्न आरोपहरु लगाउदै पार्टि फुटाउदै गरेको पिडा सायदै नभएको पार्टि कोहि छैन । पछिल्लो पटक नेकपाले पाएको दुई तिहाई मतलाई टिकाउन नसकि तीन वटा पार्टि बनाई लगभग बुढ्यौलीमा पुगेको नेपाली कांग्रेसलाई यस पटकको निर्वाचनमा तन्नेरी बनाउने श्रेय लिएका तत्कालिन नेकपाका घटकहरु मध्यका एक केपी ओलीले उठाउन लगाएको जुन एजेण्डा थियो अन्तत एक दिन यो खाडलमा ओलीको पार्टि पर्ने अनिवार्य छ । सतहीरुपमा हेर्दा काग्रेसलाई ठूलो पार्टि बनाउनमा वा कतिपय प्रदेशहरुमा निकै दुव्लो रहेको पार्टिलाई हराभरा बनाउनमा नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी भएता पनि यसको श्रेय नेकपा एमालेलाई दिदा फरक पर्दैन । अझ भन्नु पर्दा केपि ओली नै यसका योजनाकार बने । दुई तिहाई पाएको पार्टिलाई निरङ्कुस शैली प्रयोग गर्दै नीजि सम्पति जस्तो बनाएर आफै अदालतको समेत प्रयोग गरेर फुटको खाडलमा लिएको यो संसारकै पहिलो इतिहास होला । संसारमा कतै पनि पार्टि फुटाउन अदालतको प्रयोग गरिएको छैन होला । 

प्रमुख प्रतिपक्षदलका हैसियतले केपी ओली निकट नेताहरुवाट अर्थमन्त्री शर्माका विरुद्धमा बेतुकका प्रपोगान्डा, प्रचारवाजी र सदनमा जुन ढंगले कुरा उठाईयो त्यो इतिहासमा क्षमा योग्य कुरा होईन । प्रजातन्त्रका नाममा के कसैमाथि अनावश्यक तत्थ्यहिन  र भ्रामक विषय बनाई चरित्रहत्या गर्न मिल्छ र ? यही पद्धतिवाट भोली नेकपा एमालेका कार्यकर्ताले आफ्नै पार्टिका नेताहरु विरुद्ध विषय उठाउने परम्परा छैन र ? मदन भण्डारीको हत्यामा संलग्न भएको आरोप लगाएर केपी ओली विरुद्ध छानविन समिति बनाउन मिल्दैन र ? यसपटक केपी ओलीले प्रयोग गरेको मोडल आत्मघाती छ । गोकुल बास्कोटाको भ्रष्टाचार प्रकरण होस वा दुर्गा प्रसाईको सुनको लौरो प्रकरणका विषयमा संसद अबरुद्ध गरिएन । जो विषय बास्कोटा र प्रसाईले आफै स्वीकारेका छन् । त्यस विषयमा छानविन समिति पनि बनाईएन त ? एमाले र कांग्रेस निकटका केही अर्थ मन्त्रीहरुका पनि त विभिन्न जघन्य प्रकृतिका मुद्धा उठेर छानविन समिति बनाईएको थियो तर माओवादीले राजीनामा मागेन त ? यस पटक केपी ओलीले प्रयोग गरेको शैलीलाई धेरै बुज्रुकहरुले ग्वयबल्स शैली पनि भने तर मलाई केपीको शैली किलियोपात्रा शैली जस्तो लाग्छ । बेश्याबृति शैली, अश्लिल शैली, निकै नाङ्गो र उदाङ्गो शैली । सत्ताका निम्ती वा सत्तामा जान लाज पचाएर गरिने राजनीति । अर्कोतिर निकै निरङकुस र बर्बर । आफुले भनेको हुनै पर्ने । 

यो आरोप मिथ्या थियो पुर्वाग्रही थियो । मिडियाबाजी थियो । एकादेशको कथा थियो । देश र जनतालाई भ्रमित तुल्याउन अगाडी सारिएको प्रपोगान्डा थियो । निकै मेहनत गरेर ल्याईएको बजेटलाई अंकुस लगाउन फैलाईएको दुर्गन्ध थियो । (राम वहादुर के.सी फेसबुक वाल) । 

अर्थ मन्त्रीवाट राजीनामा दिनेबेलामा जनार्दन शर्मा बाघ जस्तै निकै ठूलो स्वरमा, आत्मविश्वासका साथ निकै गर्जिए । राज्यकोषवाट चोक्टा खान नपाएका केहि मिडियाहरु र माओवादी प्रति कुण्ठा राखेका फेसबुकेहरुलाई सम्मान गर्दै, धन्यवाद दिदै हिजोका जनयुद्धका कमाण्डर जस्तै गरेर गर्जिरहे । उनि संसदमा पाएको थोरै समयमा नथाकेर बोले किनकि उनी संघर्षको गोरेटोमा कहिले थाकेनन् । यो गर्जन निकै एैतिहासिक थियो । निकै सानदार थियो । उनले भनेका थिएः बजेट निर्माणको सन्दर्भमा मैले मेरो आफ्नो मुल्य मान्यता, नैतिकता, राष्ट्र र जनता प्रतिको इमान्दारितालाई डगमगाउन दिएको छैन र दिदैन यति भन्दै पदवाट राजीनामा दिने एक नैतिक जिम्मेवारी बहन गरेका थिए । शुभ चिन्तक समर्थकहरुमा अझै आशंका थियो । कतै केही भेटिन्छ कि ? कतै यो गर्जन धेरै दिन टिक्दैन कि ? तर इतिहासमा उनले एउटा छुट्टै पहिचाहन बनाउन सफल भए । अव उनि माथि लगाएका आरोपहरु मिथ्या भएपछि नैतिक हिसाबले केपी ओली निकट नेताहरुले कम्तीमा संसदमा माफी माग्नु पर्छ कि पर्दैन ? जसरी यो घटनाले नेकपा माओवादी केन्द्र पार्टि र यसका नेता जनार्दन शर्माको उचाई बढेको छ त्यसै गरि केपी ओलीले पनि माफी मागे भने पक्कै नेकपा एमाले पार्टिको पनि उचाई वढन सक्छ र यस प्रकार गरियो भने मात्र प्रजातान्त्रिक अभ्यास भएको मानिन सक्छ नत्र भने नेकपा एमालेले लोकतन्त्रमा विश्वास गर्दैन भन्ने प्रमाणित हुन्छ । केपी ओली साच्चै निरङ्कुस शासनमा विश्वास गर्छन भन्ने कुरा प्रमाणित हुन्छ ।

छानविन प्रतिवेदनमा एमाले निकट सदस्यहरुले केही फरक मत राख्नुले अर्को शंका उत्पन्न भएको छ । कतै एमालेले छानविन समितिको पनि छानविन गर्नुपर्छ र सो का लागि छानविन महासमिति बनाउनु पर्छ भन्दै संसद बहिष्कार गर्न पनि सक्छ । यति गरे पछि एमाले कार्यकर्ताले केपी जी लाई के भन्लान कुन्नी ? तर जनार्दन शर्मा केपी ओली प्रति आभारी भएको देखियो । किनकि आफ्नो यो उचाई प्राप्तीमा प्रचण्डको भन्दा केपीको कम भूमिका रहेन । एमाले जनका लागि के आफ्नो पार्टिका अध्यक्षले अर्को पार्टिको नेताको उचाई बढाउन गतिविधि गरिदिनु सान्दर्भिक हो त ? संसदमा संशोधन प्रश्ताव दर्ता नगरि कुन कुन विषयहरु गलत छन् भन्ने स्पष्ट नगरी वा अर्थ मन्त्रीले गत आर्थिक वर्ष भन्दा यस वर्ष समाबेस गरेका करका कुन कुन दरहरुले राष्ट्र घात भएको छ यकिन नगरी सामाजिक संजाल, मिडिया र संसदमा बेतुकसंग उठाईएका विषय वस्तुहरुले के कुराको पुष्टि गर्दछ भने यो देश उनै महासायहरुको विर्ता हो, उनिहरुले लुटेर खाने उद्योग हो, उनिहरु नै यो देशका अंशियार हुन र नेकपा माओवादी केन्द्र आसे पासे र गासे भएर आएको हो भन्ने बुझाई देखिएको छ । त्यसैले महासायहरु के कुरा बुझ्न जरुरी छ भने यो देशको राजनैतिक व्यवस्था परिवर्तन र रुपान्तरणको लागि तत्कालिन नेकपा माओवादीले १० वर्षे जनयुद्ध नगरेको भए आजको यो दिनको सम्भब थिएन ।

जनयुद्धको जगमा टेकेर ०६२/०६३ को जनआन्दोन र मदेश आन्दोलनवाट संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा लोकतान्त्रिक गणतन्त्र, संविधानसभा, संघिय शाषण व्यवस्था, धर्म निरपेक्ष राष्ट्र, समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अवलम्वन गर्ने गरि नेपालको संविधान २०७२ जारी गरिएको हो । संविधानको प्रश्तावनामा उल्लेख भएका प्राय सबै विषयवस्तुहरु नेकपा माओवादीले १० वर्षे जनयुद्धका बेला आम नेपाली जनतासंग सहकार्य र वकालत गर्दै तपाईहरुको स्वास रोकिने गरि लडाई गरिरहेको बेला झ्याल ढोकावाट बाहिर प्रकास नछिर्ने गरि जिल्लाका सदरमुकामहरुमा खाटमुनी लुकेर बसेको कुरा सम्झना होला । सशस्त्र संघर्षको आँधि बेहरी, तुफान चरम उत्कर्समा पुगेका बेला श्री ५ लाई दाम राखेर ढोग्नेबेला होस वा ज्ञानेन्द्र शाहलाई प्रजातन्त्रको चापि बुझाएपछि असक्षमताको पगरी पाउने बेला केपी ओली कता थिए सवैले एक पटक ईतिहासको पाना पल्टाएर हेरे कसो होला ? मदन भन्डारीको हत्या केपी ओलीले गरेका हुन भन्दै जनता कुर्लिराखेको बेला होस वा राजदरवार हत्याकाण्डको छानविनको प्रतिवेदनमा भटटटटट, र्याट्याट्याट्या भन्दै प्रतिवेदन बुझाउने बेला आजका उखरमाउला मिडियाहरु वा केपी जी हरु कता थिए फेसबुके मित्रहरुले एक पटक स्ट्याटस लेखेर हेर्नपाए कसो होला ?

२०७२ को संविधानको मर्म अनुसार संविधान जारी भए यता आएको यसपटकको उत्कृष्ट  बजेटको नीति तथा कार्यक्रमप्रतिको अफवा र प्रचार भनेको माओबादी र माओवादी आन्दोन प्रति कुण्ठा हो । अब कुण्ठा पालेर समृद्धि हुदैन । कतै न कतै पुरानो पुस्ता रुपान्तरण हुने होईन वा नयाँ पुस्ताले सही र गलत प्रतिको अवधारण एवं प्रजातान्त्रिक मुल्य मान्यता र सिद्धान्त प्रति बफादार हुने होईन भने यो देशको समृद्धि र विकासका लागि अझ शताव्दी कुर्नुपर्ने हुन्छ । सामन्ती सोच चिन्तनवाट यो देशको सर्वे सर्वाअधिकार हाम्रो मात्र हो भन्दै प्रजातान्त्रिक मुल्य मान्यतालाई कुल्चेर आफुलाई सर्बोपरि ठान्ने केपी प्रवृतिले हामीलाई अगाडी वढन सम्भव छैन । यस आ.व.को बजेटले केहि न केहि आर्थिक रुपान्तरण, सामाजिक रुपान्तरण गर्दै समग्र अर्थतन्त्रमा सुधार ल्याउन सक्छ । यसका लागि यस वर्षका नीति कार्यक्रमहरुको कार्यान्वयनमा पनि जनस्तर सम्म नै असफल बनाउने प्रवृतिको विकास हुने हो भने यो देशको लागि निकै घातक हुन सक्छ ।

यो बजेट नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले ल्याएको भए पनि शेरबहादुर नेतृत्वको सरकारले ल्याएको बजेट हो त्यसैले कांग्रेसजनहरु पनि तीन काल्ना नउफ्रिदा राम्रो हुन्छ भने एमाले निकट साथीहरु पनि बजेट कार्यान्वयनमा लागेर राष्ट्रिय समृद्धिका लागि हातेमालो गरेर अगाडी वढदा प्रजातान्त्रिक संस्कारको विकासमा योगदान गरेको बुझाईमा जनताको सहभागीता हुँदा एमालेजनलाई पनि राजनीतिक फाईदा हुन्छ । त्यसपछि सीसी क्यामरा फुटेज फेरी पनि आउन सक्छ भनेर भावी अर्थ मन्त्रीहरु सजक हुदै नेपालको अर्थतन्त्र सुधारका लागि लाग्छन कि ?  
 


प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १३:००
Bijayswori Bijayswori
स्वास्थ्य सेवा कार्यालय स्वास्थ्य सेवा कार्यालय
#विचार व्लग #दलबहादुर खड्का
प्रतिक्रिया दिनुहोस्
थप विचार/व्लक
वरु हार स्वीकार हुन्छ, तर विचार, मान्यता र न्यूनतम राजनीतिक अभ्यास पालना गराउनै पर्छ
वरु हार स्वीकार हुन्छ, तर विचार, मान्यता र न्यूनतम राजनीतिक अभ्यास पालना गराउनै पर्छ मंगलबार, साउन ३, २०७९
जनप्रिय बजेटले ल्याएको भुकम्प
जनप्रिय बजेटले ल्याएको भुकम्प बुधबार, असार २२, २०७९
गरिबी अन्त्य र रोजगारी सृष्टि गर्ने कुरा देखिनसहनेले बजेटको बिरोध गरे
गरिबी अन्त्य र रोजगारी सृष्टि गर्ने कुरा देखिनसहनेले बजेटको बिरोध गरे बुधबार, असार २२, २०७९
एउटा कम्रेड शालिकमा ठडिँदा अर्को कम्रेड सडकमा ढले !
एउटा कम्रेड शालिकमा ठडिँदा अर्को कम्रेड सडकमा ढले ! आइतबार, असार १९, २०७९
जब पाकिस्तानीले मलाई मन पराउँछु भने !
जब पाकिस्तानीले मलाई मन पराउँछु भने ! आइतबार, असार १२, २०७९
कुप्रचारवाट न रुकुम झुक्छ, न रुकुमको नेतृत्व झुक्छ
कुप्रचारवाट न रुकुम झुक्छ, न रुकुमको नेतृत्व झुक्छ बिहीबार, असार २, २०७९
मुसीकोट नगरपालिकाले यस्तो बजेट बनाउन जरूरी छ
मुसीकोट नगरपालिकाले यस्तो बजेट बनाउन जरूरी छ शनिबार, जेठ २८, २०७९
यार्सागुम्बामा लुकेको यथार्थ र यसको विविधता !
यार्सागुम्बामा लुकेको यथार्थ र यसको विविधता ! शुक्रबार, जेठ २७, २०७९
कतै हामी घमण्डले फुल्छौं कि ? यो एउटा चेतावनी हो  !
कतै हामी घमण्डले फुल्छौं कि ? यो एउटा चेतावनी हो  ! बिहीबार, जेठ २६, २०७९
लोकप्रिय
  • Week
  • Month
अरिंगालको टोकाईबाट सुनारकाे मृत्यु 
अरिंगालको टोकाईबाट सुनारकाे मृत्यु 
सानीभेरीका एक युवा मुम्बईमा मृत भेटिए
सानीभेरीका एक युवा मुम्बईमा मृत भेटिए
कार्यपालिकाका विश्वासी ‘कान्छा’ वडाध्यक्ष
कार्यपालिकाका विश्वासी ‘कान्छा’ वडाध्यक्ष
मुसीकोट ६ का बालबालिकालाई प्रत्येक दिन विद्यालयमै  नि:शुल्क दुध
मुसीकोट ६ का बालबालिकालाई प्रत्येक दिन विद्यालयमै नि:शुल्क दुध
रूकुम पश्चिममा विकराल बन्दै सम्बन्ध विच्छेद, १ वर्षमा झण्डै २ सय मुद्दा दर्ता  
रूकुम पश्चिममा विकराल बन्दै सम्बन्ध विच्छेद, १ वर्षमा झण्डै २ सय मुद्दा दर्ता  
रुकुम पूर्वमा लटरम्म स्याउ (फोटो फिचर) 
रुकुम पूर्वमा लटरम्म स्याउ (फोटो फिचर) 
स्थानीय तहकाे निर्वाचन पछि रुकुम पश्चिममा १३ सय २२ जना मतदाता थपिए 
स्थानीय तहकाे निर्वाचन पछि रुकुम पश्चिममा १३ सय २२ जना मतदाता थपिए 
पुथाउत्तरगंगा गाउँपालिकाले भर्ना गर्यो ४५ जना कर्मचारी र बाल शिक्षा सहयाेगी कार्यकर्ता
पुथाउत्तरगंगा गाउँपालिकाले भर्ना गर्यो ४५ जना कर्मचारी र बाल शिक्षा सहयाेगी कार्यकर्ता
रुकुम पश्चिममा कोभिड संक्रमण बढेपछि संक्रियता बढाईदै 
रुकुम पश्चिममा कोभिड संक्रमण बढेपछि संक्रियता बढाईदै 
भल पसेन, कमलदह भरिएन
भल पसेन, कमलदह भरिएन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    • स्थानीय तहकाे बजेट २०७८
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2022 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्