नेपाल र केन्या विचको पहिलो एकदिवसिय खेल आज

नेपाल र केन्या विचको तीन एकदिवसिय खेल आजबाट सुरु हुँदै छ । खेल नेपाली समय अनुसार केन्याको राजधानी नैरोवीमा अवस्थित जिमखाना क्लब ग्राउण्डमा हुने छ । खेल नेपाली समय अनुसार १२ः४५ मा सुरु हुने छ । एकदिवसिय श्रृङखलाको कप्तानी रोहित पौडेलले गर्ने छन् ।
नियमित कप्तान सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएपछि नेपाल टोलीको नेतृत्व उप–कप्तान पौडेलले गर्न लागेका हुन् । पौडेलले यसअघि उमेर समुहको नेतृत्व गरिरसकेका छन् । यसअघि नेपालले केन्या विरुद्ध ५ खेलको टि–२० श्रृङखला खेल्दै उक्त श्रृङखला ३–२ ले जितेको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९ ०९:४९
प्रतिक्रिया दिनुहोस्