प्रदेश ब्याडमिन्टनमा रुकुम पश्चिमका तीन खेलाडी प्रि–क्वाटर फाइनलमा, सिद्धार्थको दोहोरो जीत

नवौं राष्ट्रिय खेलकुदका लागि जारी कर्णाली प्रदेश स्तरीय पुरुष ब्याडमिन्टनमा रुकुम पश्चिमका तीन खेलाडी प्रि–क्वाटर फाइनलमा प्रवेश गरेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज भएको खेलमा विजयी हुँदै सिद्धार्थ केसी, इश्वर रावल र विशाल विष्ट प्रतियोगिताको प्रि–क्वाटरफाइनल प्रवेश गरेका हुन् ।
यसक्रममा सिद्धार्थले दोहोरो जीत हाँसिल गरे । पहिलो खेलमा मुगुका रामबहादुर शाहीलाई पराजित गरेका सिद्धार्थले दोस्रो खेलमा जुम्लाका जितेन्द्र महतलाई पराजित गरे । इश्वर र विशाललाई भने पहिलो खेलमा बाइ परेको थियो । दोस्रो खेलमा भने इश्वरले दैलेखका निमबहादुर चन्द र विशालले कालिकोटका सुमन विष्टलाई पराजित गरेका थिए । अहिलेसम्म पुरुष तर्फका २६ वटा खेल भएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९ १९:३३
प्रतिक्रिया दिनुहोस्