नेकपा रुकुम पूर्वको सचिवमा घर्ती
                            
                            
                                                        
                                                     
                                                            नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव नेपाल समूह रुकुम पूर्वको सचिवमा भिउमान घर्ती चयन हुनुभएको छ । नेकपाको केन्द्रीय कमिटिले सचिवमा घर्तीलाई चयन गरेको हो । यस अघिका सचिव ओली पक्षमा लागेपछि जिल्ला सचिव खाली भएको थियो । खाली ठाउँमा पदाधीकारी मनोनित गर्ने पार्टीको निर्णय अनुसार रुकुम पूर्वको सचिवमा घर्तीलाई चयन गरिएको हो ।
अध्यक्षमा भने मेघबहादुर श्रेष्ठ नै कायम हुनुहुन्छ । यस अघि माओवादी केन्द्र र एमालेबीच एकता हुँदा अध्यक्षमा श्रेष्ठ र सचिवमा सतमान पुन चयन हुनुभएको थियो । पुन ओली पक्षमा लागेपछि प्रचण्ड–माधव पक्षले घर्तीलाई सचिवमा चयन गरेको हो । पुन ओली पक्षको केन्द्रीय सदस्य बनेपछि घर्तीले नै कार्यक्रम सञ्चालन लगायतका काम गर्न थाल्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १४:१४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    -1761806698.jpeg) 
                    

-1759842583.jpg)
 
                     
                     
                     
                     
                     
                    